२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

विश्व वातावरण दिवसमा रामग्राम जेसीजको सेल्फी विथ माई प्लान्ट

२०७८ जेष्ठ २२, शनिबार प्रकाशित ( साल अघि) ९०८ पाठक संख्या

परासी, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा रामग्राम जेसीज परासीले सल्फी विथ माई प्लान्ट कार्यक्रम गरेको छ । वृक्षारोपणसँगै उक्त विरुवाको अपनत्व लिएर संरक्षण गर्न प्रेरित गर्ने उद्देश्यले आज उक्त कार्यक्रम गरिएको जेसीजले जनाएको छ ।
नेपाल जेसीजले प्राकृतिक अक्सिजनको लागि देशैभरी अभियान चलाएर वृक्षारोपण गर्न निर्देशन समेत गरेकोले दिगो विकासको १७ वटा लक्ष्य मध्येको १३ औँ लक्ष्य जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सहयोग गर्न वृक्षारोपण सेल्फी विथ माई प्लान्ट कार्यक्रम गरिएको रामग्राम जेसीज वर्ष २०२१ का अध्यक्ष चन्द्रमणि चौधरीले बताउनुभयो ।
कार्यक्रममा सहभागिहरुले वृक्षारोपण पश्चात आफूले रोपेका विरुवामा सेल्फी लिँदै संरक्षण र हुर्काउन अपनत्व लिने प्रण गरेको कार्यक्रम संयोजक एवं जेसीजका उपाध्यक्ष राजु देवानले बताउनुभयो ।
रामग्राम जेसीज वर्ष २०२१ का अध्यक्ष चौधरीको अध्यक्षता तथा रामग्राम ३ का कार्यबाहक वडाध्यक्ष सुरक्ष पाण्डेयको प्रमुख आनिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पाण्डेले वातावरण सन्तुलन र प्राकृतिक अक्सिजनको लागि रामग्राम जेसीजले उदाहरणीय कार्यक्रम गरेको बताउनुभयो ।
उक्त अवसरमा परासी क्याम्पसका प्रमुख सुमन गोपाल आचार्य, रामग्राम जेसीजका निवर्तमान अध्यक्ष सन्दिप अग्रहरी, रामग्राम महिला जेसीजकी अध्यक्ष पुष्पा लामा, हेल्पीङ्ग हेन्ड्स परासीका अध्यक्ष सञ्जय शर्मा, रामग्राम जेसीजका महासचिव मोहन पौडेल, उपाध्यक्ष राजु देवान, सदस्य सोनिका पौडेल लगायतले वृक्षारोपणको महत्व र संरक्षणको विषयमा प्रकाश पार्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस