२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

विश्व वातावरण दिवसमा सुनवल जेसीजद्धारा विशासयमा वृक्षारोपण

२०७८ जेष्ठ २२, शनिबार प्रकाशित ( साल अघि) १०६३ पाठक संख्या

परासी, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा पर्यावरण संरक्षण गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सुनवल जेसीजले आज वृक्षारोपण कार्यक्रम गरेको छ । जेसीजले सुनवल नगरपालिकाका, विशासय सामुदायिक वन उपभोक्ता समिति र दुर्गा मन्दिर व्यवस्थापन समितिको सहयोगमा सुनवल ६ दुर्गामन्दिर परिसरमा वृक्षारोपण गरेको हो ।
विश्व जलवायु परिवर्तनको ठूलो जोखिममा रहेको र तापक्रम वृद्धि तथा प्रदुषणको चुनौती खेपिरहेको अवस्थामा दिगो वातावरण संरक्षणका लागि वृक्षारोपण गरिएको सुनवल जेसीज वर्ष २०२१ का अध्यक्ष वासुदेव पौडेलले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो । मन्दिर परिसरमा विभिन्न प्रजातिको विरुवा रोपिएको उहाँले बताउनुभयो ।
दिगो विकास लक्ष्य अन्र्तगतको १३ औँ लक्ष्य जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न यस किसिमका कार्यक्रमले सहयोग पुग्ने अध्यक्ष पौडेलको विश्वास छ । प्रत्येक व्यक्तिले कम्तिमा एउटा विरुवा रोपेर हुर्काउने सकेमा आगामी दिनमा कृत्रिम अक्सिजनको महत्व र आवश्यकता कम हुँदै जाने उहाँले बताउनुभयो ।
सुनवल जेसीजका अध्यक्ष पौडेलको अध्यक्षना तथा सुनवल नगरपालिकाका उपमेयर दधिराम अर्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सुनवल ६ का वडाध्यक्ष रामप्रसाद लामा, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला उपाध्यक्ष एवं सुनवल नगर अध्यक्ष दीलिप चापागाई, सुनवल नगरपालिकाका वातावरण अधिकृत खेमराज अवस्थि, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रुद्र लामिछाने, विशासय सामुदायिक वन समितिका अध्यक्ष धन तिवारी, सुनवल जेसीजका निवर्तमान अध्यक्ष उत्सव पौडेल, पूर्व अध्यक्षहरु रमेश कर्माचार्य, चुडामणि गैरे, जीवन पौडेल तथा स्थानीयवासीहरुको सहभागिता रहेको सुनवल जेसीज वर्ष २०२१ की महासचिव जमुना थापाले जानकारी दिनुभयो ।
कोरोना महामारीकाबीचमा पनि जेसीज अभियान्ताहरु मानव सेवामै समर्पित रहेको महासचिव थापाले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस