२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

गाउँपालिका अध्यक्ष गुप्ताद्धारा सुबिधा वापतको पचास हजार ५०० रुपैँया कर्मचारीलाई पुरस्कार

२०७८ जेष्ठ १८, मंगलबार प्रकाशित ( साल अघि) १०८२ पाठक संख्या

मोहन पोडेल
परासी, १८ जेठ । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को एक स्थानीय तहका प्रमुखले आफूले पाउँदै आएको सुविधा वापतको रकमबाट कर्मचारीलाई पुरस्कृत गरेका छन् ।
जिल्लाको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले आफूले पाउँदै आएको सुविधा वापतको रकम मध्ये रु ५० हजार ५०० बाट गाउँपालिकामै कार्यरत एक कर्मचारीलाई पुरस्कृत गर्नुभएको हो।
पुरस्कृत हुनेमा गाउँपालिकामा विगत तीन वर्षदेखि विपद् व्यवस्थापन शाखामा सम्पर्क व्यक्तिको रुपमा कार्यरत प्रदीप कुमार तिवारी रहनुभएको छ । गाउँपालिका अध्यक्ष गुप्ताले आज उहाँलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै तिवारीको कार्यसम्पादनबाट प्रभावित भएर आफूले व्यक्तिगत रुपमा पुरस्कृत गरेको दैनिक 24 खबर डटकमलाई बताउनुभयो ।
सार्वजनिक विदामा तथा जुनसुकै समयमा पनि सेवामा निरन्तर खटिएर कार्यसम्पादन गरिरहनुभएकोले थप प्रोत्साहनका लागि पुरस्कृत गरेको अध्यक्ष गुप्ताले बताउनुभयो । अधिकांश समय फिल्डमै खटिएर जस्तो सुकै परिस्थितिमा पनि गाउँपालिका र जनताको सेवालाई पहिलो प्राथमिकता दिएर कार्यसम्पादन गरेकोले उक्त कार्यको उच्च मूल्याङ्कन गरेको उहाँले बताउनुभयो ।
अहिलेको कोरोना महामारीको सङ्कटमा पनि तिवारीको कार्यसम्पादन उत्कृष्ट रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले बताउनुभयो । गत वर्ष पनि अध्यक्ष गुप्ताले उहाँलाई एक थान मोबाईल सेट आफ्नो तर्फबाट प्रदान गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष गुप्ताले आफूले पाउँदै आएको सुविधा वापतको रकम विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आउनुभएको छ । पुरस्कृत कर्मचारी तिवारीले पुरस्कृत हुन पाएकोमा आफूले गर्व महशुस गरेको बताउँदै थप जिम्मेवारी थपिएको बताउनुभयो ।
नागरिकलाई विपद्बाट जोगाउन, विपद्मा परेका नागरिक र क्षतिको तथ्याङ्क सङ्कलन लगायत गाउँपालिकाका अन्य कामहरु पनि बिदा समेत नभनी निरन्तर सम्पादन गर्दै आएको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस