२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

पर्यटनमन्त्री किराँती पहिलो पटक रामग्राम स्तूपमा, रामग्रामलाई बुद्धिजमको मक्का मदिना बनाउने आश्वासन

२०८० मंसिर ७, बिहिबार प्रकाशित ( महिना अघि) ३२१ पाठक संख्या

मोहन पौडेल
परासी, ७ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीले रामग्राम स्तूपको भ्रमण गर्नुभएको छ । पहिलो पटक रामग्राम स्तूप आउनुभएका मन्त्री किराँतीले आज साँझ स्तूपमा शान्ति दीप प्रज्वलन गरि थाई विहारको अवलोकन गर्नुका साथै स्तूप क्षेत्रमा भईरहेको उत्खनन् कार्यको जानकारी तथा अवलोकन गर्नुभयो ।

Su2

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ उजैनी गाउँमा अवस्थित भगवान् गौतम बुद्धको अस्तिधातु रहेको विश्वकै एकमात्र सिंगो स्तूपको अवलोकनका लागि आउनुभएका मन्त्री किराँतीलाई रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादव, उपप्रमुख सम्झना चौधरी,प्रमुख प्रशासकीय अधिकृत मोहन अर्याल लगयातले स्वागत गर्नुभएको थियो । मन्त्री किराँतीलाई स्तूपको उत्खनन् कार्य र त्यसको प्रगतिको विषयमा उत्खनन्मा संलग्न पुरातत्वविद्हरुले जानकारी गराएका थिए ।
उक्त अवसरमा दैनिक ट्वान्टीफोर खबरलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री किराँतीले पुरातात्विक सम्पदाको रुपमा रहेको रामग्राम स्तूपको संरक्षण गरि राख्नु नै सबैभन्दा महत्वपूर्ण पक्ष रहेको बताउनुभयो । रामग्राम स्तूपलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारले पहल गरिरहेको बताउँदै मन्त्री किराँतीले रामग्राम स्तूपलाई बौद्ध धर्मावलम्बीहरुको लागि मक्कामदिनाको रुपमा विकास गर्ने बताउनुभयो । विश्व सम्पदा सूचीमा सूचीकृत भएमा यहाँको बृहतर विकास हुने भन्दै मन्त्री किराँतीले रामग्रामको गुरुयोजना अघि बढाउन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
“देश विदेशका पुरातत्वविद्हरुले स्तूपको अध्ययन अनुसन्धान गरिरहनुभएको छ, पुरातात्विक प्रमाणित गरि हामी यसलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि लाग्छौँ, यहाँको क्रमशः विकास गर्दै रामग्रामलाई बुद्धिजमको मक्कामदिनाको रुपमा विकास गर्छाैँ, मलाई विश्वास छ यो बौद्ध धर्मावलम्बीहरुको लागि संसारकै केन्द्र बन्नेछ”, उहाँले भन्नुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस