२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

बिश्व दृष्टि दिवस : आँखा स्वास्थ्यमा ध्यान दिऔँ

२०८० आश्विन २४, बुधबार प्रकाशित ( महिना अघि) ११४३ पाठक संख्या

 

वास्तवमै दृष्टिको महत्व कति धेरै छ भनेर हामीले बुझेकै छौँ । यसै अनुसार आफ्नो स्वास्थ्य अनि जीवनशैली पनि दिर्घ दृष्टिका हेतुले अगाडी बढाउनु पर्ने छ ।

दृष्टि अनि त्यसको उपचार आजको बिश्वको लागी ठुलै चुनौति भएको छ । यस्तै मुद्दाहरुको बारे जनजागरण फैलाउने, पैरवी गर्ने, नेत्रदान जस्ता महान अनि पुन्यदानका बारेमा अभिप्रेरित गर्ने अभिप्रायले बिश्व दृष्टि दिवश मनाइन्छ ।
बिश्व दृष्टि दिवस अंग्रेजी अक्टोबर महिनाको दोस्रो बिहिबार मनाउने गरिन्छ । यस दिवशको इतिहासलाई हेर्दा यो दिवसलाई शुरुमा लायन्स क्लब इन्टरनेसनल साईट फस्ट (LCISF)ले आँखा स्वास्थ्यलाई बिशेष महत्व दिने उद्देश्यले सन २००० मा मनाउन शुरु गरेको हो ।

पछि यसको दायित्व इन्टरनेसनल एजेन्सी फर प्रिभेन्सन ब्ल्याईड्नेस (IAPB)ले वल्र्ड हेल्थ अरगानाईजेसन(WHO) संग समन्वय गरी नियमित रुपमा बिशेष महत्वका साथ मनाउँदै आईरहेको छ। यसरी यसको करिव दुई दशक लामो इतिहास रहेको छ ।
बिश्व दृष्टि दिवशलाई बिभिन्न बर्षमा बिभिन्न नारा दिँंदै मनाउँदै आईरहेको र सन २०३० सम्म सबैको पहुँचमा आँखा उपचार सेवा पुर्याउने मुल उद्देश्यका साथ यो दिवसले प्रथामिकता पाएको छ । यसै सन्दर्भमा १७ वटा दिगो बिकासको लक्ष्य(Sustainable Development Goal) मध्ये ८ वटामा आँखा स्वास्थ्य सम्बन्धमा महत्व राखेको छ । जसलाई सरकारले महत्व दिनुपर्ने बाध्याता रहन्छ । जुन एउटा महत्वपूर्ण उपलब्धी हो । जो निम्न अनुसार छन ः
१.गरीबीको अन्त्य
समुदायमा दृष्टि विहिनताले गर्दा गरीबी बढाउँछ । ९०% आँखा नदेख्नेहरू निम्न र मध्यम आय भएका देशहरूमा बसोबास गर्छन् । त्यस मध्ये पनि गरीब र अति गरीबहरू अझै पछि परेका छन् ।

२. शुुन्य भोकमरी
आँखा स्वास्थ्य राम्रो भएमा पारिवारिक आम्दानी वृद्धिमा मद्दत गर्दछ जसबाट भोकमरी घटदछ ।
निःशुल्क उच्च गुणस्तरीय मोतिबिन्दुको अपरेशनले परिवारको आम्दानी बढाउन सक्छ ।

३.आरोग्यता तथा सम्पूर्ण स्वस्थता
आँखा स्वास्थ्यले मानसिक स्वास्थ्य तथा सम्पूर्ण स्वस्थता एवं आरोग्यताको सुनिश्चितता गर्दछ
आँखा स्वास्थ्य राम्रो नहुनाले २.६ गुणा सम्म मृत्यू दर बढ्न सक्छ ।

४. गुणस्तरीय शिक्षा
आँखा स्वास्थ्यले विद्यालय भर्ना,शिक्षा प्राप्ती र सिकाइमा सकारात्मक असर पार्दछ ।निम्न र मध्यम आय भएका देशहरुमा दृष्टि कम भएका बालबालिकाहरू औपचारिक शिक्षामा पुग्ने सम्भावना २ देखि ५ गुणा कम रहन्छ ।चश्माले कक्षामा अनुतीर्ण हुने संख्यामा ४४% कमी ल्याउँदछ ।

५.लैङ्गिक समानता
महिला तथा केटीहरूमा दृष्टिको समस्या ज्यादा भएको र आँखा स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित भएको देखिएको छ ।समग्रमा हेर्दा पुरुषको दाँजोमा महिलाहरूमा १२% ले न्युन दृष्टि हुने सम्भावना बढी देखिन्छ ।

६.नवदित काम तथा आर्थिक वृद्धि
राम्रो आँखा स्वास्थ्य र दृष्टिले समावेशी आर्थिक वृद्धि, रोजगारी र जीवन स्तरलाई प्रवर्धन गर्दछ ।
चश्माको प्रयोगले उत्पादकत्वमा २२% ले बढोत्तरी गराउछ। मोतिबिन्दुको शल्यकृयाले घरपरिवारको खर्चमा ८८% ले बढोत्तरी गर्न सक्छ ।

७.न्यून असमानता
आँखा स्वास्थ्य राम्रो नहुँदा असमानता बढछ ।महिला,बृद्धबृद्धा फरक क्षमता भएका, जनजाती, आप्रवाशी र बसाइ सराई भई आउनेहरू ज्यादा प्रभावित भएका हुन्छन ।दृष्टि कम भएका व्यक्तिहरू मध्ये ७३% ब्यक्तीहरु ५० वर्ष भन्दा माथी उमेरका हुन्छन् ।

८.सडक दुर्घटना
सडक दुर्घटनामा हुने मृत्यू र चोटपटकहरू कम गर्नमा आँखा स्वास्थ्यले महत्वपूर्ण भूमिका खेल्दछ । उपचार नगरिएको मोतिबिन्दुका कारण सवारी दुर्घटना निम्त्याउने सम्भावना २५ गुणा वृद्धि गराउंदछ ।

बिश्व दृष्टि दिवस २०२३ को नारा कार्यस्थलमा आफ्नो आँखालाई माया गर्नु{(love your eyes at work)रहेको छ । बिशेष गरेर कार्यस्थलमा आफ्नो आँखालाई माया गर्नु भनि कामको शिलशिलामा कामदार, कर्मचारी लगायत मालिक बर्ग सम्म यो सन्देश पुर्याई काम गर्दा हुने शारीरिक र आँखा सम्बन्धी जोखिम न्यूनिकरण गरी शारीरिक सुरक्षासंगै आँखा सुरक्षालाई समेत महत्व दिन सबैसंग समन्वय गर्ने यसको उद्देश्य रहेको छ ।
बिश्वदृष्टि दिवश २०२३ ले निम्न उद्देश्यलाई कार्यान्वयन गर्न बिश्वब्यापी रुपमा अनुरोध गरेको छ ।
-आँखा उपचार सेवा सबैको पहँचमा हुनुपर्ने ।
-आँखा उपचार सेवा सबैले उपभोग गर्न पाउनुपर्ने ।
-आँखा उपचार सेवा सबैलाई सुलभ र सस्तो हुनुपर्ने ।
-आँखा उपचार सेवा सबै ब्यक्तीको लागी सबै ठाँउमा हुनुपर्ने ।

बिश्वमा अहिले १ करोड ३० लाख मानिसहरु आँखाको उपचारको पर्खाईमा रहेको अनुमान छ । जो आंकडा आफैमा भयानक छ । नेपालमा रहेका आँखा सेवा प्रदायक संस्थाहरु र नेपाल नेत्रज्योति संघले यस दिवसलाई बिशेष रुपमा लिई दिवसका उद्देश्य प्रति बिशेष रुपमा सक्रिय रहँदै आएको छ । नेपालमा पनि हाल करिव एक लाख जना उपचारको पर्खाईमा रहेको अनुमान छ ।
नेपाल नेत्रज्योति संघले आफ्ना ४४ जिल्ला शाखा, २७ वटा आँखा अस्पताल र १५२ वटा आँखा उपचार केन्द्र मार्फत यस दिवसलाई भब्य रुपमा मनाउँदै छ । नेपाल नेत्र उपचारको हिसाबले दक्षिण एसियाली क्षेत्रमा एउटा उदाहरणीय देश हो । जसले आँखाको क्षेत्रमा ठुलै उपलब्धी हासिल गरेको छ ।
यसले सन १९८१ को दृष्टिबिहिनताको आंकडामा २०२० सम्म आईपुग्दा ठुलै दरमा दृष्टिबिहिनता घटाउन सफल भएको छ । साथै नेपालले खस्रे रोग (Trachoma) निर्मुल पार्ने काम गरेको र अन्तर्राष्टिय थुर्पै पुरस्कारहरु प्राप्त गर्न सफल भएको छ ।
आफ्नो आँखाको ख्याल गर्नुहोस अनि आँखा नहुनेलाई माया गर्नुहोस र सदासहेता देखाउनुहोस। सबैको जय होस । जय नेत्रज्योति ।

                                                            लेखक पराजुली नवलपरासीस्थित डा.विनोद निता कँडेल आँखा अस्पताल परासीका व्यवस्थापक हुनुहुन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस