२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

सामाजिक रुपान्तरण दलित युवा मञ्च नवलपरासीमा नयाँ नेतृत्व

२०८० श्रावण २०, शनिबार प्रकाशित ( साल अघि) ७६४ पाठक संख्या

मोहन पौडेल
परासी, २० साउन । सामाजिक रुपान्तरण दलित युवा मञ्च पाल्हीनन्दन–१ नवलपरासीको पन्ध्रौँ साधारणसभा तथा चौँथो अधिवेशन आज परासीमा सम्पन्न भएको छ । संस्थाको अधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको छ ।
नयाँ समितिको अध्यक्षमा सुरेन्द्र हरिजन, उपाध्यक्षमा रज्जुप्रसाद हरिजन, सचिवमा विन्द्रेश हरिजन,सहसचिवमा भगवान दास हरिजन र कोषाध्यक्षमा नर्वदा हरिजन निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यमा अर्जुन धोवी,अनिल कुमार हरिजन,अयोध्या मुसहर,निर्मली कुमारी हरिजन, विष्णु हरिजन, रविशंकर हरिजन,सुरेश हरिजन, अनुराधा कुमारी हरिजन चयन भएको सचिव विन्द्रेश हरिजनले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष सुरेन्द्र हरिजनको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशन उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमति हरिजनले अधिकार प्राप्तिका लागि सबै दलित समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले समाजमा अझै पनि दलित समुदायप्रति भेदभाव कायमै रहेकोले दलित समुदायका युवाहरु सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा पाल्हीनन्दन–३ का वडा अध्यक्ष गोधन हरिजन, समाजसेवी ईन्द्रजीत हरिजन, सञ्जय कुमार हरिजन,गोपीचन्द हरिजन लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । संस्थाका सचिव विन्द्रेश हरिजनले सभामा पेश गरेको संस्थाको वार्षिक प्रगति प्रतिवेदन सर्वसम्मत पारित भएको सहसचिव भगवान दास हरिजनले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%१%१%

प्रतिक्रिया दिनुहोस