२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

जातीय छुवाछुत र भेदभावका घटना नरोकिएकोप्रति दलित मुक्ति मोर्चा पश्चिम नवलपरासीको आपत्ति

२०८० श्रावण १५, सोमबार प्रकाशित ( साल अघि) ६२९ पाठक संख्या

मोहन पौडेल
परासी, १५ साउन । जातीय छुवाछुत र भेदभावका घटना नरोकिएको भन्दै नेपाल दलित मुक्ति मोर्चा पश्चिम नवलपरासीले आपत्ति जनाएको छ । मोर्चाले आज एक विज्ञप्ती जारी गर्दै पछिल्लो पटक कैलाली र बझाङ्ग जिल्लामा दलित माथी जातीय छुवाछुत र भेदभावपूर्ण घटना भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
मोर्चाका जिल्ला अध्यक्ष बीर बहादुर विश्वकर्माद्धारा आज जारी विज्ञप्तीमा सामाजिक सद्भाव र एकतालाई खलल पुर्याउने कार्यमा संलग्नलाई यथाशीघ्र कानूनी दायरामा ल्याउन माग गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, “बझाङ्गको वित्थडचीर गाउँपालिका–७ स्थित स्थानीय पुड्के अखेडाले आफ्नै जमिनमा घर निर्माण गर्न लाग्दा गत साउन दश गते स्थानीय कृष्ण जोशी, भवानी जोशी,कित्थे जोशी लगायत चालिस भन्दा बढी व्यक्तिको समूहले दलित भएर हाम्रो घर नजिक घर बनाउन पाउन्नस् भन्दै घर भत्काईदिए, उनलाई कुटपिट गरी उनको बालीनाली नष्ट गरिदिए,दलितले चाहेको ठाउँमा बस्न खान र बाँच्न पाउने अधिकार छैन ?”
विज्ञप्तीमा थप भनिएको छ, “यसैगरी कैलालीको गैरीगंगा नगरपालिका–७ को सरस्वती खड्का र गोदावरी नगरपालिका–७ का सुरेश विश्वकर्माबीच गत फागुनमा अन्तरजातीय विवाह भएकोमा काठमाडौँ गौशला प्रहरी वित्तका प्रहरीले खड्काकी छोरीले कामी केटासँग विवाह गर्दा लाज लाग्दैन भन्दै दुव्र्यवहार गरेको कुरा विभिन्न सञ्चार माध्यममा आएको छ,के यस्तो भन्न पाईन्छ ?पीडितहरुलाई कानूनले सुरक्षा र सहायता उपलब्ध गराउनुपर्ने होईन?प्रहरीबाटै यस्तो व्यवहार हुँदा कानूनको उल्लघंन भएको छ”
मोर्चाले यी दुवै घटनाका दोषी उपर तत्काल छानविन गरी पीडितलाई न्याय र सुरक्षा तथा पीडकलाई नेपालको संविधान र जातीय छुवाछुत तथा भेदभाव कसूर सजाय ऐन २०६८ अनुसार हदैसम्मको कारवाही गर्न माग गरेको छ ।

Bir1

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस