२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

रामग्रामको मन्झरियामा देवरले गरे भाउजूको हत्या

२०८० अषाढ २५, सोमबार प्रकाशित ( साल अघि) २१२८ पाठक संख्या

मोहन पौडेल
परासी, २५ असार । पश्चिम नवलपरासीमा देवरले भाउजूको हत्या गरेका छन् । रामग्राम नगरपालिका -१० मन्झरियाका २७ वर्षीय चन्दन चौधरीले आफ्नै भाउजू २६ वर्षीया मिरा चौधरीलाई मोटरसाइकलको सकर प्रहार गरि हत्या गरेको नवलपरासी प्रहरीले जनाएको छ ।
आईतवार साझ ७:४० बजे जग्गाको विषयमा वादविवाद भईरहेकाबेला देवर चन्दनले भाउजू मिराको टाउकोमा मोटरसाइकलको सकर प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार देवरले प्रहार गरेको सकरले चोट लागि घाइते भएकी मिराको पृथ्वी चन्द्र अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि मेडिकल कलेज भैरहवा लगिएकोमा राति ९ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।
हत्यामा संलग्न चन्दन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मिरा तेजनारायण चौधरीको श्रीमती हुन् । प्रहरीले प्रारम्भिक अनुसन्धान गरि म्याद थपको लागि जिल्ला अदालत लैजान लागेको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%३%३१%१३%

प्रतिक्रिया दिनुहोस