२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

प्रभावकारी बजार अनुगमन र उपभोक्ता सचेतनालाई प्राथमिकता दिन्छौँ : नगर प्रमुख अर्याल

२०८० अषाढ २४, आईतबार प्रकाशित ( साल अघि) ७०२ पाठक संख्या

मोहन पौडेल
परासी, २४ असार । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालले संविधानले सुनिश्चित गरेको उपभोक्ताको अधिकार कार्यान्वयन गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले स्वच्छ बजार कायम गर्दै उपभोक्तालाई सचेत गराउने अभियानमा सहयोग गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल जिल्ला समिति नवलपरासी र सुनवल नगर समितिको संयुक्त आयोजना तथा सुनवल नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीको सहकार्यमा आज सुनवलमा आयोजित उपभोक्ता सचेतना कार्यक्रम तथा सुनवल नगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले उक्त कुरा बताउनुभएको हो ।
उहाँले आगामी दिनमा सरोकार निकायलाई साथमा लिएर बजार अनुगमनलाई प्रभावकारी बनाउने बताउनुभयो । मेयर अर्यालले बजेट नै विनियोजन गरी उपभोक्ता सचेतना अभियानलाई वडावडामा लैजाने बताउनुभयो । नागरिक सचेत भएमात्र समृृद्ध सुनवल बन्ने बताउँदै नगर प्रमुख अर्यालले उपभोक्ताको स्वास्थ्यप्रति नगरपालिका गम्भीर र संवेदशील रहेको उल्लेख गर्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले सुनवल नगरपालिकाले उपभोक्ता हित संरक्षण सम्बन्धी कानून निर्माण भईसकेको र थप परिमार्जनसहित कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले वडा सदस्यहरुलाई बजार अनुगमनको विशेष सम्पर्क व्यक्तिको रुपमा तोकेर सामूहिक बजार अनुगमनलाई अघि बढाउने बताउनुभयो । नागरिक क्षेत्रबाट सरोकार निकायलाई निरन्तर यस विषयमा खबरदारी गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गंगाधर पाण्डेले उपभोक्ता अधिकार,नेपालमा उपभोक्ता अधिकारको अभ्यास र वर्तमान अवस्था,कानूनी व्यवस्था,तीन तहका सरकारको भूमिका लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो भने उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य रामजी ज्ञवालीले मञ्चको उद्दृेश्य,काम,कर्तव्य र अधिकार एवं नवलपरासीमा बजारको अवस्था र समाधानको उपायको बारेमा प्रकाश पार्नुभएको थियो ।
उपभोक्ता हित संरक्षण मञ्च सुनवलकी निवर्तमान अध्यक्ष सीता तिमिल्सिनाको अध्यक्षता तथा नगर प्रमुख अर्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष हिमलाल शर्मा,उपभोक्ता हित संरक्षण मञ्चकी जिल्ला अध्यक्ष अधिवक्ता सरस्वती शर्मा, सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य,उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला सचिव मोहन पौडेल, नवनिर्वाचित नगर अध्यक्ष विष्णुप्रसाद पौडेल,भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका सचिव एवं पत्रकार रमेश भुसाल लगायतले आआफनो धारणा व्यक्त गर्नुभएको उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला सदस्य एवं सुनवल नगर ईन्चार्ज तेजबहादुर सोमरेले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस