२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

औषधी व्यवसायी संघ नवलपरासीद्धारा रक्तदान कार्यक्रम सम्पन्न

२०८० अषाढ १०, आईतबार प्रकाशित ( साल अघि) १३०२ पाठक संख्या

जीवन न्यौपाने
बर्दघाट, १० असार । नेपाल औषधी ब्यबासायी संघको ५० औं स्थापना दिवसको अबसरमा आज पश्चिम नवलपरासीको सरावलस्थित बासामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नवलपरासीमा पछिल्लो समय रगत अभाव भएपछि संघको नवलपरासी शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरेको हो ।
नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्र परासीको प्राविधिक सहयोग रहेको कार्यक्रममा ३८ जनाले रक्तदान गरेको संघले जनाएको छ । नेपाल औषधी ब्यबसायी संघ नवलपरासी शाखाका अध्यक्ष डा. हेमन्तराज न्यौपानेको अध्यक्षता तथा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
उक्त अवसरमा वडा नं. १ का वडा अध्यक्ष विष्णुप्रसाद भट्टराई, संघका निवर्तमान जिल्ला अध्यक्ष रामचन्द्र पौडेल, महासचिव बाबुराम तिमिल्सिना लगायतले रक्तदानको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस