२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

लोकतान्त्रिक आदिवासी जनजाति महासंघको जिल्ला समिति घोषणा तथा सपथग्रहण

२०८० अषाढ ९, शनिबार प्रकाशित ( साल अघि) ६३५ पाठक संख्या

परासी, ९ असार । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ जिल्ला कार्य समिति नवलपरासीको घोषणा तथा सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला उपाध्यक्षसहित जिल्ला कार्यसमितिको घोषणा गर्दै समितिका पदाधिकारीहरुलाई प्रमाणपत्रसहित सपथग्रहण गराईएको हो ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघकी जिल्ला अध्यक्ष टिचन गुरुङको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री देवेन्द्रराव कँडेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा महासंघको जिल्ला उपाध्यक्षमा दुर्गा गुरुङ र पूर्णमान श्रेष्ठ, सचिवमा कमला राना, कृष्ण कामु, कोषाध्यक्षमा राकेशराज रञ्जितकार, सहसचिवमा यमबहादुर थापा दर्लामी मगर, तिलप्रसाद श्रेष्ठ तथा सदस्यहरुमा हिमाल मगर, जुना कुमारी राना, भविमाया पुन, विकास गुरुङ, मना पुन, शाली थापा, रेखा श्रेष्ठ लगयात रहनुभएको अध्यक्ष टिचन गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा कांग्रेस नेता एवं लुम्बिनी प्रदेशसभा सदस्य देवकरण कलावर, बैजनाथ कलावर, पार्टीका जिल्ला उपसभापति अनिल गौड, महिला संघकी केन्द्रीय सदस्य कमला पराजुली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस