२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

बर्दघाटका सामुदायिक पोखरीमा माछापालन कार्यक्रम सञ्चालन

२०७८ जेष्ठ ८, शनिबार प्रकाशित ( साल अघि) ८५२ पाठक संख्या

मोहन पौडेल

परासी, ८ जेठ – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिकाले नगरक्षेत्र भित्र रहेका सामुदायिक पोखरीहरुमा माछापालन कार्यक्रम शुरु गरेको छ । सामुदायिक पोखरीको संरक्षण एवं समुदायलाई उत्पादनमा जोड्ने उद्देश्यले सामुदायिक माछापालन कार्यक्रम शुरु गरेको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।
पोखरी तालतलैया र सिमसारमा माछापालनका लागि नगरपालिकाले यस वर्ष रु तीन लाख बजेट विनियोजन गरेको छ । बिशेषगरी थारु समुदायमा माछाको परिकारलाई उत्कृष्ट परिकारका रुपमा लिइन्छ ।नगरपालिका अन्र्तगत प्रायःजसो थारु समुदायको बाहुल्यता रहेका गाउँमा नै सामुदायिक पोखरीहरु धैरै छन् ।
बर्दघाट–१३ पनईस्थित तीन बिघा १४ कठ्ठा क्षेत्रफलको सामुदायिक पोखरीमा माछाका भुरा हालेर यो कार्यक्रम अघि बढाईएको नगर प्रमुख बस्यालले बताउनुभयो । नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाका अधिकृत भरत लम्सालका अनुसार सामुदायिक पोखरीमा माछा उत्पादन गरी समुदायकै लागि आयआर्जन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएिको हो ।
पनईको पोखरीमा अहिले बीस केजी भुरा छोडिएको बताउँदै उहाँले भन्नुभयो , “त्यहाँ एक क्विन्टल भुरा दिने कार्यक्रम हो, अब कार्यक्रम विस्तार गर्दै जान्छौ ।” नगरपालिकाले समुदायलाई कमन कार्प , सिल्भर कार्प, बिगहेड कार्प , रहु र नैनी जातका माछाका भुरा दिने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
कार्यक्रमबाट पोखरी संरक्षणका साथै भुराबाट उत्पादित माछा बिक्रीबाट आएको आम्दानी स्थानीय समुदाय र युवा क्लबका लागि हुने भएकोले समुदायको आयबृद्धि हुने लम्सालको विश्वास छ । पोखरीहरुलाई प्राथमिकताका आधारमा छनौट गरी सामुदायिक माछापालन कार्यक्रम सञ्चालन गरिएको छ ।
यसैबर्ष बुद्धमङ्गल तालमा पनि एक क्विन्टल रहेको बताउँदै अधिकृत लम्सालले गतबर्ष बाउन्न घोला सिमसारमा भुरा छोडिएको बताउनुभयो । बुद्धमङ्गलतालमा पनि माछा र सेतो हाँस छोडिएको छ । जैविक बिबिधताको रक्षा एंव पर्यटकीय विकासका लागि सेतो हांस छोडिएको हो । २५ वटा सेतो हाँस नगर प्रमुख बस्यालले तालमा छोडनुभएको हो ।
यो ताल बर्दघाट– १२ दबिल्लामा रहेको छ । यस ताललाई बुद्धकालीन तालको रुपमा लिइन्छ । पछिल्लो समय जिल्लाका कृषकहरु व्यावसायिक माछापालनतर्फ आकर्षित छन् । थोरै लगानीमा राम्रो आम्दानी र सजिलो पनि भएकोले यसतर्फ आकर्षण बढ्दै गएको कृषकहरु बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस