२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रेडक्रसद्धारा पृथ्वीचन्द्र अस्पतालका बिरामीलाई पानी र बिस्कुट सहयोग

२०७८ जेष्ठ ५, बुधबार प्रकाशित ( साल अघि) ७४७ पाठक संख्या

परासी, ५ जेठ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीले पृथ्वीचन्द्र अस्पतालका विरामीका लागि पानी र बिस्कुट उपलब्ध गराएको छ । रेडक्रसले आज अस्पतालमा एक कार्यक्रम गरी पन्ध्र काटुन पानी र बाह्र दर्जन बिस्कुट राहत स्वरुप सहयोग गरेको हो ।
रेडक्रसका जिल्ला सभापति राजेन्द्र अग्रहरीले अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीलाई आज उक्त सामान हस्तान्तरण गर्नुभएको रेडक्रसका जिल्ला सदस्य अर्जुन क्षेत्रीले दैनिक24 खकर डटकमलाई जानकारी दिनुभयो ।
कोभिडका विरामीले भरिएको उक्त अस्पतालमा विरामीलाई पानीको अभाव रहेको गुनासो आएपछि रेडक्रसले जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने अभियानलाई आत्मसाथ गर्दै उक्त सामग्री सहयोग गरेको रेडक्रसका जिल्ला सभापति राजेन्द्र अग्रहरीले जानकारी दिनुभयो ।
कोरोना महामारी नियन्त्रणमा रेडक्रस पनि सँगै रहेको बताउँदै उहाँले पाल्हीनन्दन, प्रतापपुर लगायतका आइसोलेशन सेन्टरमा पनि आवश्यक सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै रामग्राम नगर प्रमुख नरेन्द्र गुप्ताले सबैको सहयोग र एकताबाटै कोरोना विरुद्ध विजय प्राप्त गर्न सकिने बताउनुभयो ।
उहाँले कोरोना नियन्त्रण अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै नगरपालिकाले नियन्त्रण अभियानलाई तीव्रता दिएको बताउनुभयो । उक्त अवसरमा अस्पतालका अध्यक्ष जगदीश चौधरी, निमित्त मेसु डा.मोहम्मद नुरुल होदा, व्यवस्थापक सृरेन्द्र अधिकारी, समाजसेवी बुद्धन अलि, पिस क्लव ईन्टरनेश्नलका अध्यक्ष शम्भु उपाध्याय लगायतको पनि सहभागिता रहेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका कार्यकारी सदस्य अर्जुन क्षेत्रीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस