२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

बर्दघाटबाट अबैध चिनीसहित ट्रक नियन्त्रणमा

२०८० बैशाख १३, बुधबार प्रकाशित ( साल अघि) ४१९ पाठक संख्या

मोहन पौडेल
परासी, १३ वैशाख । पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले ठूलो परिमाणमा अबैध चिनी बरामद गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दघाट-४ टिसीएन चोकमा आज बिहान जाँच गर्ने क्रममा ट्रकमा ल्याँउदै गरेको २१ हजार केजी अबैध चिनी प्रहरीले नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी निरीक्षक वीरेन्द्र केसी नेतृत्वको टोलीले पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ६ ख २९०३ नं. को ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा रहेको चिनी र कागजपत्र शङ्कास्पद देखिएपछि ट्रकसहित चिनी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो ।
बरामद चिनीको बजार मूल्य प्रति केजी ७५.५ रुपैयाँको दरले जम्मा रु पन्ध्र लाख ८५ हजार पाँच सय बराबरको रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – “अबैध रुपमा ल्याउदै गरेको चिनी, ट्रक र चालक जिल्ला सिराहा धनगढीमाई न.पा. १० बस्ने बर्ष ४८ को वीरेन्द्र ठाकुरलाई नियन्त्रणमा लिई आवश्यक कार्यको लागि राजश्व कार्यालय बुटवल पठाइएको छ, ४२० बोरा चिनी र ट्रकसमेत गर्दा रु ३५ लाख ८५ हजार पाँच सयको सामान बरामद गरिएको छ”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस