२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

रामग्राम र सुुनवल जोड्ने पुल निर्माण अलपत्र छाडेर ठेकेदार सम्पर्क विहीन

२०७९ चैत्र ११, शनिबार प्रकाशित ( साल अघि) ५५२ पाठक संख्या

परासी ११ चैत्र । पश्चिम नवलपरासीमा दुई पालिका जोड्ने गरी निर्माण हुँदै गरेको पुलको काम नसकिँदै ठेकेदार फरार भएका छन् । जिल्लाको रामग्राम नगरपालिका र सुनवल नगरपालिका जोड्ने गरी निर्माणाधिन बक्स कल्भर्ट पुल निर्माण गरिसक्नुपर्ने म्याद सकिँदा पनि निर्माण सकिएको छैन् । निर्माणको जिम्मा पाएको ठेकेदार पुल अलपत्र पारेर भागेपछि स्थानीयवासीले सास्ती खेप्नुपरेको छ ।
रामग्राम नगरपालिका वडा न ६ पोखारापाली र सुनवल नगरपालिका वडा न ९ काशीपुर जोड्ने गरी रामखण्डा खोलामा पुल निर्माण थालिएको थियो । तर आधा काम पूरा नहुँदै ठेकेदार भागेपछि पुल निर्माण अलपत्र परेको स्थानीयवासीले गुनासो गरेका छन् ।
वर्षाैैँदेखि पुलको अभावमा सास्ती खप्न बाध्य स्थानयिवासी पुल निर्माण शुरु भएपछि हर्षित भएका थिए । तर तोकिएको समयमा पुल निर्माण हुन सकेन भने अधुरै छाडेर ठेकदार भागेपछि स्थानीय आक्रोसित भएका छन् । पुल बने एक किलोमिरमै पुग्न सकिने उक्त बाटोमा अहिले स्थानीयवासी चार किलोमिटर लामो बाटो पार गरेर गनतव्यमा पुग्नुपरेको सुनवल ९ का सुदाम चौधरीले गुनासो गर्नुभयो ।
ठेकेदारले रामखण्डा खोलामा पुलको लागि खाल्डो खनेर छोडेकोले स्थानीयको खेत कटान हुँदै गएको छ । ठेकेदारले पुल निमार्ण काम अलपत्र छोडेरर पारेर सम्पर्क बिहीन हुदाँ पनि सम्बन्धित निकाय मौन बसेको भन्दै स्थानीय आक्रोसित छन् ।
पुल निर्माण नहुँदा दैनिक आवातजावतमा निकै कठिनाई भोग्नुपरेको सुनवल ९ कै भुनेश्वर थारुले बताउनुभयो । पुल निर्माणमा ठेकेदारले चरम लापरवाही गरेको स्थानीयको गुनासो छ । यसविषयमा पटकपटक दुवै पालिकामा गएर ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको थारुको भनाई छ । े
उक्त पुल निर्माणको लागि रामग्राम नगरपालिकाले रु १ करोड २३ लाखमा ठेक्का आह्वान गरेकोमा निर्माण कम्पनी खड्का ईगेस जेभी भक्तपुरले रु ६७ लाख ४० हजारमा ठेक्का सकार गरेको थियो । निर्माण स्थलमा योजनाको विस्तृत विवरणसहितको होर्डिङ बोर्ड समेत राखिएको छैन् । २०७८ असारभित्र सम्पन्न हुनुपर्ने उक्त पुल अलपत्र परेपछि स्थानीय चिन्तित छन् ।
रामग्राम नगरपालिकाका ईन्जिनियर सतिस कुमार गुप्ताले पुलको काम करिब पचास प्रतिशत मात्रै सम्पन्न भएको बताउनुभयो । नगर प्रमुख धनपत यादवले ठेकेदार कम्पनीले केही दिनमै काम शुचारु नगरे कारवाही प्रक्रिया अघि बढाउने बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस