२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

२०८३ भदौ भित्र सरावललाई बालमैत्री गाउँपालिका घोषणा गर्ने सामूहिक प्रद्धिबद्धता,१ नम्बर वडा असार भित्रै हुने

२०७९ फागुन १४, आईतबार प्रकाशित ( साल अघि) १३१३ पाठक संख्या

मोहन पौडेल
परासी, १४ फागुन । पश्चिम नवलपरासीको सरावल गाउँपालिकालाई आगामी २०८३ भदौ भित्रै बालमैत्री गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता जनाईएको छ । गाउँपालिकाले आयोजना गरेको बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा सहभागि सरोकारवालाहरुले उक्त प्रतिबद्धता जनाएका हुन् ।
गाउँपालिकाको आयोजनामा यही फागुन १३ र १४ गते सरावल गाउँपालिकाका जनप्रतिनिधि, विषयगत शाखा प्रमुखहरु, स्वास्थ्य संस्था, बाल क्लव, राजनीतिक दल, संघ सस्थाका प्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थितिमा बालमैत्री पालिका घोषणाका फाईदा, कार्यान्वयनको प्रक्रिया, कानून तथा संवैधानिक व्यवस्था, सरकारको नीति लगायतका विषयमा जानकारी गराईएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले दैनिक24 खबरलाई जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागिहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४,बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८,बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ बमोजिम सरावल गाउँपालिकामा बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणाको प्रक्रियामा आआफ्नो क्षेत्रबाट सक्रिय एवं अर्थपूर्णm सहभागिता जनाई वि.स.२०८३ साल भदौ २९ गते भित्र बालमैत्री स्थानीय शासन गाउँपालिका घोषणा गर्न पूर्ण रुपले सहयोग गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् ।

Prti

नेपाल सरकारले २०८७ सम्म मुलुकलाई नै बालमैत्री घोषणा गर्ने नीति लिएको छ । गाउँपालिका अध्यक्ष चौधरीले भोलिका कर्णधार बालबालिकालाई शासन प्रक्रियामा अर्थपूर्ण सहभागिता जनाउन तथा बालमैत्री पालिका घोषणा भएपछि संघीय सरकारबाट आउने अनुदान तथा विकास निर्माणको काममा पालिका प्राथमिकतामा पर्ने उल्लेख गर्नुभयो । बालबालिकाको क्षेत्रमा लगानी गर्न पालिका तयार रहेको बताउँद्र उहाँले बालमैत्री पालिका बनाउन सबै पक्षको सहयोग आवश्यक रहने बताउनुभयो ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका अनुसार बालमैत्री पालिका हुन ५१ वटा सूचक पूरा गर्नुपर्दछ । सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले अधिकांश सूचकहरु कार्यान्वयनको प्रक्रियामै रहेकोले छिट्टै बालमैत्री पालिका बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले चरणबद्ध रुपमा यो अभियान वडाहरुमा सञ्चालन हुने बताउँदै वडा नं.१ म बालमैत्री स्थानीय शासन सम्बन्धी कार्यक्रमहरु निरन्तर सञ्चालनमा रहेको र सूचकहरु अधिकांश पूरा हुने अवस्थामा रहेकोले आगामी असार मसान्त भित्र सरावलको १ नम्बर वडालाई बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएको पनि दैनिक24 खबरलाई जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष चौधरीको प्रमुख आतिथ्य एवं उपाध्यक्ष हरिजनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेल, वडा अध्यक्षहरु, शाखा प्रमुखहरु, विद्यालय व्यवस्थापन समिति, स्वास्थ्य संस्था,राजनीतिक दल, संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको गाउँपालिका अध्यक्ष चौधरीका स्वकीय सचिव सञ्जय मौर्यले बताउनुभयो । बालमैत्री स्थानीय शासन पालिका घोषणाका लागि बाल बचाउका १४, बाल संरक्षणका १०,बाल विकासका ६,बाल सहभागिताका ६ तथा संस्थागततर्फ १५ गरी ५१ सूचक पूरा गर्नुपर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस