२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

रामग्राम–११ मा वडा कार्यालयद्धारा ज्येष्ठ नागरिक,अपांगता तथा विपन्न परिवारलाई न्यानो व्लाङ्केट वितरण

२०७९ माघ ९, सोमबार प्रकाशित ( साल अघि) ३८५ पाठक संख्या

मोहन पौडेल
परासी । रामग्राम नगरपालिका वडा नं. ११ वडा कार्यालयले जाडो मौसमलाई मध्यनजर गर्दै व्लाङ्केट वितरण गरेको छ । वडाका ज्येष्ठ नागरिक, एकल महिला, पूर्ण अपांगता तथा असक्त अपांगता भएका व्यक्ती एवं अति विपन्न परिवारलाई व्लाङ्केट वितरण गरिएको हो ।
वडा भित्रका सामाजिक सुरक्षा भत्ता पाउँदै आएका नागरिक र अतिविपन्न नागरिकलाई जाडोबाट बचाउन वडाको बजेटबाट सम्मानसहित व्लाङ्केट वितरण गरेको वडा अध्यक्ष धनीराम यादवले दैनिक24 खबरलाई जानकारी दिनुभयो । वडामा आयोजित कार्यक्रममा रामग्राम नगर प्रमुख धनपत यादव, वडा अध्यक्ष धनीराम यादव तथा वडाका जनप्रतिनिधिहरुले व्लाङ्केट वितरण गर्नुभएको हो ।
नगर प्रमुख धनपत यादवले वडाबाट वितरित व्लाङ्केटको सही सदुपयोग गरी चिसोबाट बच्न आग्रह गर्नुभयो । नगरका सबै नागरिकलाई न्यानो कपडा वितरण गर्न बजेट नपुग्ने भएकोले असहाय,असक्त र विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको बताउनुभयो । उहाँले नगरको समस्या र आवश्यकतालाई पहिचान गर्दै नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।वडाका १५० नागरिकलाई व्लांकेट वितरण गरिएको वडा सचिव रमेश नेपालले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस