२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

सुस्ताको जनता दलित विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

२०७९ पौष २९, शुक्रबार प्रकाशित ( साल अघि) २७६ पाठक संख्या

 

नवलपरासी, २९ पुस । पश्चिम नवलपरासीको सुस्ता स्थित जनता दलित आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई आज न्यानो कपडा वितरण गरिएको छ । चौधरी फाउण्डेसनको सहयोगमा बिद्यालयमा कक्षा १ मा अध्यनरत ९१ जना छात्र छात्रालाई ट्रयाकसुट तथा टोपी उपलब्ध गराईएको हो ।
उक्त न्यानो कपडा वितरण गर्दै प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार सन्तुले सुस्ताको चौतर्फी विकासका लागी आगामी दिनमा समेत आफु जनप्रतिनिधिको हैसीयतले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा समाजसेवी एवंम् चौधरी फाउण्डेसनकी सचिव सारीका चौधरीले फाउण्डेसनले आवश्यकता अनुसार विभिन्न सामाजिक कार्य गर्दै आएकोले आगामी दिनमा समेत समाजका लागि विभिन्न गतिविधि गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बिद्यालयका प्रधानाध्यापक उदय रुचाल , नेपाल महिला संघ नवलपरासीकी सभापति कमला पराजुली ,सोही वडाका वडा सदस्य आदम हुसेन खां लगायतले आआफ्नो विचार राख्नुभएको थियो । २०५९ सालमा स्थापना भएको सो बिद्यालयमा ४०१ जना बिद्यार्थी अध्ययरत छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस