२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

नवलपरासीका सीमा क्षेत्रबाट कुखुरा,माछा तथा अण्डाको व्यापक तस्करी,नेपाली कृषक मारमा

२०७९ पौष २१, बिहिबार प्रकाशित ( साल अघि) ५६४ पाठक संख्या

मोहन पौडेल
परासी २१ पुस । पश्चिम नवलपरासीस्थित भारतीय सीमा क्षेत्रबाट अबैध रुपमा खुलेआम माछा, कुखुरा, अण्डा लगायतको तस्करी बढ्दै गएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा खुलेआम पशुपंक्षी जन्य वस्तुको तस्करी बढ्न थालेपछि नेपाली कृषक तथा व्यवसायी भने मारमा परेका छन् ।
जिल्लाका  मुख्य सीमानाका महेशपुर,भुजहवा, झुलनिपुर,विष्णुपुरा,बलिनगर,बसहिया नाकाबाट अबैध रुपमा माछा,कुखुरा तथा अण्डा खुलेआम रुपमा नेपाल भित्रिने गरेको छ । सीमा क्षेत्रमा खटिएका प्रहरीले तस्करी नियन्त्रण गर्नुको साटो तस्करकै संरक्षण गर्ने गरेको स्थानीयवासी बताउँछन् । प्रहरीका स्थानीय चौकी देखि उच्च अधिकारीसम्मलाई मासिक रुपमा रकम बुझाउने ठूला तस्करको सामान प्रहरीले नदेखे जस्तै गरेको हुन्छ भने जीविकोपार्जनको लागि थोरै थोरै सामान ल्याउनेलाई भने प्रहरीले पक्राउ गर्ने र तस्करी नियन्त्रणमा प्रहरी लागिरहेको छ भन्ने देखाउने गरेको छ ।
भारतबाट अबैध रुपमा माछा कुुखुरा अन्डा नेपाल भित्राउदाँ यहाँका किसान मारमा परेकोे कुखुरा व्यवसायी सङ्घ नवलपरासीका अध्यक्ष सुबाश चौधरीले  बताउनुभयो । उहाँका अनुसार भारतमा कुखुराको दाना, कुखुराको चल्ला र कुखुराको मूल्य सस्तो छ भने नेपालमा महंगो भएकोले नेपाली पशुपालक कृषक मारमा परेको चौधरीले बताउनुभयो ।
नेपाली बजारको तुलनामा भारतमा कुखुराको मूल्य कम भएकाले तस्करी बढ्दो छ। भारतबाट अबैध रुपमा चोरी पैठारी हुँदै आएका कुखुरा,माछा तथा अण्डाको विक्रीवितरण नेपाली बजारमा खुला रुपमा हुने भएकोले पनि यहाँका कृषक मारमा परेका हुन् । नेपाली उत्पादनले बजार पाउन अबैध आयातलाई रोक्नुपर्ने अध्यक्ष चौधरीले बताउनुभयो ।
नेपालमा प्रशस्त उत्पादन हुने माछाले समेत बजार पाउन मुस्किल भएको कृषक बताउँछन् । अबैध आयात भएका माछा सस्तो हुदाँ नेपाली कृषकले उत्पादन गरेका माछाले बजार नपाएको माछा व्यवासयी संघका केन्द्रिय सदस्य ईश्वारी चौधरीले जानकारी दिनुभयो ।
सीमानाकाबाट दैनिक रुपमा ठूलो मात्रामा माछा भित्रिनेक्रम  नरोकिँदा माछा पालक किसान समस्यामा परेको उहाँले बताउनुभयो । भारतबाट ल्याईने पशुजन्य वस्तु स्वास्थ्यको हिसाबले हानिकारक हुने तर उपभोक्ताले सस्तोको लोभमा त्यिनै वस्तुको प्रयोग गर्ने गरेको चौधरीको भनाइ छ। जिल्लामा आवश्यक माछा जिल्लाको उत्पादनले पुग्ने गरेपनि खुल्ला सीमाको फाईदा उठाउँदै चोरी पैठारी हुँदा नेपाली उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न सकेको छैन् ।
पश्चिम नवलपरासीमा करिब १०० बिघामा माछापालन गरिएको छ । माछा व्यवसायमा एक सय देखी १५०कृषक आबद्ध छन् ।
पश्चिम नवलपरासी हुँदै भित्रिने माछा, कुखुरा लगायतका वस्तु  बुटवल, भैरहवा, नारायणगढसम्म बिक्री बितरण हुँदै आएको छ ।
पशु क्वारेन्टाइन भैरहवाका पशु चिकित्सक डा. सन्तोष यादवका अनुसार यसबर्षको साउनदेखि पुस सम्ममा  ब्रोइलर कुखुराको चल्ला तीन हजार पाँच सय गोटा, ब्रोईलर कुखुरा १६५० गोटा, खाने माछा ४६५ केजी, अर्नामेन्टल माछा १६१ केजी बरामद गरी नष्ट गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस