२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

युवा समाजसेवी राजेश चौधरी : जसको पहलमा बन्यो, पशुपति शिक्षा मन्दिर फेनहराको सुविधासम्पन्न भवन

२०७९ मंसिर १३, मंगलबार प्रकाशित ( साल अघि) १५३२ पाठक संख्या

मोहन पौडेल
परासी, १३ मंसिर । पछिल्लो समय प्रविधिको विकास र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मानिसहरु चर्चामा आउन अनेक उपायहरु अपनाईरहेका छन् । धेरै व्यक्तिले समाजसेवा गरेजस्तो गरेर चर्चामा आउने गरेका छन् भने केही व्यक्ति साँच्चिकै समाजसेवा गरिरहेका हुन्छन् तर चर्चामा कमै हुन्छन् ।
समाजसेवा गर्न सार्वजनिक पद नै चाहिन्छ भन्ने धेरैको बुझाईलाई चिर्ने गरी पश्चिम नवलपरासीका एक यूवा समाजसेवी समाजसेवामा तल्लिन छन् । हामीले समाजका अलिकति अगुवा व्यक्तिलाई समाजसेवीको रुपमा मान्ने गर्छाैँ, तर पश्चिम नवलपरासीको प्रतापपुरका यूवा राजेश चौधरी त्यस्ता समाजसेवी हुनुहुन्छ जो चर्चामा आउन वा नाम मात्रको समाजसेवीको लागि होईन् यथार्थमा समाजसेवा गरिरहनुभएको छ । प्रतापपुरको बेलाटारीमा जन्मी हुर्की राजधानीसम्म पुगेर उच्च शिक्षा हासिल गर्दै व्यवसायमा संलग्न चौधरी अहिले आफ्नो जन्मथलोको सेवामा दिलोज्यान लगाएर लागिरहनुभएको छ ।

राजेशकै पहलमा अहिले सुस्ता गाउँपालिकाको वडा नं. ३ फेनहरास्थित पशुपति शिक्षा मन्दिरको सात कोठे आधुनिक सुविधासम्पन्न विद्यालय भवन निर्माण सम्पन्न भएको छ ।यो विद्यालय सार्वजनिक शैक्षिक गुठि अन्र्तगत पशुपति शिक्षा प्रसार समिति नेपालद्धारा सञ्चालित हो । विद्यालयको पूरानो र जीर्ण भवन साथै बाढीका पसिरहने कारण विद्यार्थीहरुले ढुक्कसँग पढ्न नपाईरहेको देखेपछि राजेशमा यो विद्यालयको लागि नयाँ भवन बनाउने सोच आएको थियो ।

P4

 

व्यक्तिगत खर्चमै विद्यालयको भवन बनाउने आँटका साथ उहाँले एक वर्षअघि आफैले उक्त विद्यालय भवनको शीलान्यास गर्नुभयो । उहाँको यो कार्यमा कम्यूनिटी ईम्प्याक्ट नेपाल र रोटरी क्लव अफ काठमाडौँ मिडटाउन सहयोगीको रुपमा थपिए भने यस कार्य सम्पन्न गर्न लण्डनस्थित स्ट्रयाथक्लाईट ईन्जिनियरिङ् फर डेभ्लप्मेन्ट,आर्किटेक्चर यूनिभर्सिटी अफ स्ट्रयाथक्लाईटले आर्थिक रुपमा सहयोग गरेपछि एक वर्षमै यो विद्यालयको भवन निर्माण सम्पन्न भएको छ । नवनिर्मित विद्यालय भवनको आज एक समारोहकाबीच राजेशले नै उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।

P1

 

अहिले विद्यालयको पूरानो जीर्ण भवन भत्काईएको छ भने नयाँ भवनले विद्यालयको स्वरुप नै फेरिएको छ । जुन भवनमा सिएसईबी (वातावरणमैत्री) ईट्टाको प्रयोग गरिएको छ । नयाँ भवनमा पढ्न र पढाउन पाउँदा विद्यार्थी र शिक्षक हर्षित छन् । राजेश कम्यूनिटी ईम्प्याक्ट नेपालका अध्यक्ष हुनुहुन्छ । उत्कृष्ट शिक्षा र समृद्ध समाज निर्माण गर्ने अभियानका साथ आफू समाजसेवामा लागिरहेको उहाँले बताउनुभयो ।
यो विद्यालयलाई नमूना बनाउने उद्देश्यका साथ रु ६० लाखको लागतमा भवन निर्माण भएको उहाँले बताउनुभयो । गुणस्तरीय शिक्षा दिन सकेमात्र शिक्षित समाज निर्माण हुने उहाँको भनाई छ । विकास गर्न राजनीतिक वा सार्वजनिक पद नै चाहिन्छ भन्नेका लागि चुनौती दिँदै उहाँ एउटा सफल समाजसेवीको रुपमा उदाहरण बन्नुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमचन्द्र चौधरीको अध्यक्षता तथा रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका अध्यक्ष डा.निर्मल प्रसाद रिजालको प्रमुख आतिथ्यमा आज भएको भवन उद्घाटन समारोहमा सहभागिहरुले राजेशको मुक्तकण्ठले प्रसंसा गरेका थिए ।

P2

 

राजेशकै पहलमा प्रतापपुर गाउँपालिकाको टाँगीकोटमा पनि पशुपति शिक्षा मन्दिरको विद्यालय भवन निर्माण भईरहेको छ । त्यसलगत्तै प्रतापपुरमै अतिविपन्न परिवारका लागि ४० वटा घर निर्माण गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो । आफूले चर्चाका लागि नभई स्वच्छ मनले समाजसेवा गरिरहेकोले आफ्नो काम प्रचारमा नआएको उहाँको भनाई छ ।
पशुपति शिक्षा प्रचार समिति नेपालका केन्द्रीय गुठिहार सत्यदेव पाण्डेले जन्मगाउँको विकासमा आफ्नो पूर्व विद्यार्थी राजेशको अग्रसरता देख्दा गर्व लागेको बताउनुभयो । सुस्ता गाउँपालिका उपाध्यक्ष गीता चौधरीले यूवा समाजेसवी राजेश चौधरीको कार्यको मुक्तकण्ठले प्रशंसा गर्दै आगामी दिनमा पनि गाउँपालिकाले हातेमालो गर्ने बताउनुभयो । भवन उद्घाटनको अवसरमा उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी पनि वितरण गरिएको थियो ।

P5

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%५%१%

प्रतिक्रिया दिनुहोस