२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

लोसपा उम्मेदवार चौधरी भन्नुहुन्छ – राप्रपाले धोका दियो

२०७९ कार्तिक २२, मंगलबार प्रकाशित ( साल अघि) ४७१ पाठक संख्या

परासी, २२ कात्तिक । लोकतान्त्रिक समाजवादी पाटीं(लोसपा)बाट पश्चिम नवलपरासीको क्षेत्र नं.२ स्थित प्रदेश सभा क का उम्मेदवार पञ्चराम चौधरीले आफुलाई राप्रपाले धोका दिएको बताउनुभएको छ । राप्रपा र लोसपाबीच गठबन्धन गरी निर्वाचन लड्ने सहमति भएकोमा राप्रपाले सहमति तोडेको उहाँको आरोप छ ।
उम्मेदवार चौधरीले पत्रकारसँग कुराकानी गर्दै राप्रपा र लोसपाबीच गठबन्धन गर्दा एक अर्काका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएपनि अन्तिममा आएर सहमति तोडिएको बताउनुभयो । उहाँका अनुसार दुई पार्टीबीच भएको सहमति अनुसार प्रतिनिधिसभा सदस्य पदमा राप्रपा उपाध्यक्ष धु्रबबहादुर प्रधान र प्रदेशसभा तर्फ क मा लोसपाका पञ्चराम चौधरी र ख मा लोसपाकै नगेन्द्र अग्रहरीलाई एक अर्का पार्टीले सहयोग गर्ने निर्णय भएको थियो ।
राप्रपाका उपाध्यक्ष प्रधानको उपस्थितिमा दुवै पार्टीका जिल्ला स्तरका शीर्ष नेता र उम्मेदवारहरुबीच गत असोज २३ गते उक्त निर्णय भएको उम्मेदवार चौधरीले बताउनुभयो । तर उम्मेदवारी मनोनयन गर्दा भने राप्रपाले सहमति तोड्दै प्रतिनिधि सभा र प्रदेश सभा क मा समेत आफ्नो उम्मेदवारको मनोनयन गराएपछि गठबन्धनमा खटपट बढेको उहाँको भनाई छ । गठबन्धनलाई धोका दिएर राप्रपा उम्मेदवार प्रधानले परिवारवाद लादेर नातीलाई उम्मेदवार बनाएको चौधरीले आरोप लगाउनुभयो ।

दुई दलबीच भएको सहमति

Pn2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस