२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

जिसनद्धारा सञ्चालित बालबालिकाको आत्मसम्मान पालनपोषण विषयक तालिम सम्पन्न

२०७९ जेष्ठ २७, शुक्रबार प्रकाशित ( साल अघि) ५१२ पाठक संख्या

परासी, २७ जेठ । बालबालिकाको आत्मसम्मान पालनपोषण विषयक दुई दिने तालिम बर्दघाटमा सम्पन्न भएको छ । शैक्षिक ऐक्वबद्धताको समूह (जिसन) पश्चिम नवलपरासीको आयोजनामा निजी विद्यालयका शिक्षकहरुको लागि उक्त तालिम आयोजना गरिएको थियो ।
निजी विद्यालयहरुको संगठन जिसनमा आवद्ध ४८ विद्यालय मध्ये ३६ विद्यालयका प्राईमरी तथा प्रि प्राईमरी तहका ७२ जना शिक्षकहरुको उक्त तालिममा सहभागिता रहेको जिसन नवलपरासीका अध्यक्ष सन्तोष रौनियारले जानकारी दिनुभयो । तालिममा भिष्ममणि पाण्डेले प्रशिक्षण दिनुभएको थियो ।
बालबालिकाको मनोविज्ञानलाई बुझेर शिक्षण सिकाई प्रक्रिया अवलम्बन गर्न र शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरुको लागि तालिम आयोजना गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जिसनका प्रमुख सल्लाहकार धनराज चापागाईले तालिममा सिकेका कुरा विद्यालयमा लागू गरी शिक्षण सिकाई प्रक्रियामा परिवर्तन गर्न र शैक्षिक गुणस्तर ल्याउन आग्रह गर्नुभयो ।

285954441_451035890358189_4668126771791741809_n

उक्त अवसरमा जिसनका सल्लाहकार यमबहादुर थापा, ईन्द्र गुरुङ् , वरिष्ठ उपाध्यक्ष डम्बर गुरुङ् लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने सहभागि शिक्षकहरुले तालिममा सिकेका कुरालाई व्यवहारमै लागू गर्ने प्रतिबद्धता जनाएको जिसनका सचिव दीपक पौडेलले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस