२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्राम जेसीजले शुक्रौलीमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै

२०७९ जेष्ठ १८, बुधबार प्रकाशित ( साल अघि) ८३४ पाठक संख्या

परासी, १८ जेठ । रामग्राम जेसीज वर्ष २०२२ को आयोजनामा पश्चिम नवलपरासीको शुक्रौलीमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योती संघ,डा.विनोद निता कण्डेल आँखा अस्पताल परासीको प्राविधिक सहयोगमा रामग्राम नगरपालिका वडा नं. १५ शुक्रौलीमा शिविर सञ्चालन हुन लागेको हो ।
यही जेठ २० गते शुक्रबार जनता मावि शुक्रौलीमा हुने निःशुल्क आँखा शिविरमा मोतिविन्दुका विरामीलाई निःशुल्क शल्यक्रिया गरिने रामग्राम जेसीजका अध्यक्ष अनिल उपाध्यायले बताउनुभयो । मोतिविन्दु तथा आँखा सम्बन्धी अन्य समस्या भएका नागरिकलाई शिविरबाट मौकाको फाईदा लिन उहाँले आग्रह गर्नुभयो ।
आँखा जचाउन आउनेका लागि मास्कको प्रयोग अनिवार्य गरिएको छ भने शिविर विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने कार्यक्रम संयोजक एवं रामग्राम जेसीजका उपाध्यक्ष सुनिल यादवले जानकारी दिनुभयो ।
युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशील संस्था रामग्राम जेसीजले यस क्षेत्रमा सामाजिक कार्यमा समेत अग्रणी भूमिका खेल्दै आएको छ ।

Binod

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस