२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रामग्राम जेसीजद्धारा विश्व शान्तिको कामना गर्दै रामग्राम स्तुपमा दीपप्रज्वलन

२०७८ फागुन २८, शनिबार प्रकाशित ( साल अघि) ५३९ पाठक संख्या

परासी, २८ फागुन । रुसको आक्रमणको चपेटामा परेको युक्रेनमा शान्तिको कामना गर्दै शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपमा शान्ति दीप प्रज्वलन गरिएको छ ।
रुसी आक्रमणका कारण युक्रेनमा भईरहेको युद्ध, हिंसा, गोलाबारीले विश्व आक्रान्त भएको भन्दै रामग्राम जेसीज परासीले पिस क्लव ईन्टरनेशनलको सहयोगमा विश्व शान्तिको कामना गर्दै स्तुपतमा दीप प्रज्वलन गरी शान्तिको प्रार्थना गरेको हो ।
रामग्राम स्तुप परिसरमा आज साँझ भेला भएका जेसीज अभियान्ता, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियान्ता तथा स्थानीयवासीले युक्रेनमा भईरहेको भयानक युद्धको अन्त्यको कामना गर्दै शान्तिको लागि प्रार्थना गरेका हुन् । युद्धका कारण विश्व नै आक्रान्त भएका कारण शान्तिका अग्रदुत बुद्धको एकमात्र सिंगो अस्तुधातु रहेको पवित्र भूमिबाट शान्तिको कामना गर्दै दीपप्रज्वलन गरिएको रामग्राम जेसीज वर्ष २०२२ का अध्यक्ष अनिल कुमार उपाध्यायले जानकारी दिनुभयो । शक्ति राष्ट्रले कमजोर राष्ट्रमाथि प्रभुत्व कायम गर्न यस किसिमका युद्धको अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो ।
रामग्राम नगरपालिका वडा नं. ७ का वडाध्यक्ष शिवशंकर हरिजनको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पिस क्लव ईन्टरनेशनलका अध्यक्ष शम्भु उपाध्याय, समाजसेवी बुद्धन अलि, पत्रकार बेचु गौड लगायतले मनतव्य व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रमका संयोजक एवं रामग्राम जेसीजका उपाध्यक्ष सुनिल कुमार यादवको स्वागत, कानुनी सल्लाहकार मोहन पौडेलको सञ्चालन तथा उपाध्यक्ष दीपेश शर्माको आस्था पाठमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस