२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

मोटरसाईकलको ठक्करबाट छ वर्षीय बालकको मृत्यु

२०७८ फागुन ६, शुक्रबार प्रकाशित ( साल अघि) ६५२ पाठक संख्या

मोहन पौडेल
परासी, ६ फागुन ः नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा मोटरसाईकलको ठक्करबाट छ वर्षीय बालकको ज्यान गएको छ ।
जिल्लाको रामग्राम नगरपालिका–११ रानीपाकडस्थित भूमही–भैरहवा सडक खण्डमा आज दिउँसो उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु १९ प १८७१ नम्बरको मोटरसाईकलले पैदलयात्री बालकलाई ठक्कर दिएको हो ।
मोटरसाईकलको ठक्करबाट सोही स्थान बस्ने पशुपति चौधरीको छ वर्षीय छोरा निमराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
दुर्घटनामा परी गम्भीर घाईते बालक चौधरीको भूमहीस्थित रामनगर सामुदायिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि भैरहवा मेडिकल कलेज लगिएको थियो । ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस