२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

अधेरीखोला खानेपानी संस्थामा नयाँ नेतृत्व चयन, अध्यक्षमा भट्टराई निर्वाचित

२०७८ माघ ६, बिहिबार प्रकाशित ( साल अघि) ४८६ पाठक संख्या

परासी, ६ माघ । अधेरीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था सुनवल ११,१२ को अध्यक्षमा बालकृष्ण भट्टराई निर्वाचित हुनुभएको छ । संस्थाको आठौँ अधिवेशन अन्र्तगत नेतृत्वको लागि भएको चुनावको क्रममा अध्यक्षका अर्का प्रत्यासी जयबहादुर थापालाई ३५ मतले पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
भट्टराईले ६८ मत पाउँदा थापाले ३३ मत ल्याउनुभएको थियो । यस्तै सचिवमा सुरेन्द्र विक्रम शाह निर्वाचित हुनुभएको छ । सचिवका अर्का प्रत्यासी तारा प्रसाद भुर्तेललाई तीन मतका झिनो अन्तरले पराजित गर्दै शाह निर्वाचित हुनुभएको हो । कूल ११७ मतदाता मध्ये ६ मत खसेको थिएन भने सात मत बदर भएको थियो ।
अध्यक्ष, सचिव र खुल्ला सदस्य पदमा सहमति नजुटेपछि निर्वाचन भएको थियो भने उपाध्यक्ष, सहसचिव र कोषाध्यक्षमा सर्वसम्मत भएको निर्वाचन संयोजक ज्ञानप्रसाद भट्टराईले जानकारी दिनुभयो । अधिवेशनले १३ सदस्यीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा विष्णु लामिछाने, उपाध्यक्ष(महिला) दीपा ढकाल, सहसचिवमा दामोदर न्यौपाने, खुल्ला सदस्यमा पुरुषतर्फ बीर बहादुर खवास, शिवशंकर चौधरी, तुल्सी ज्ञवाली, गोपाल न्यौपाने, महिलातर्फ लिला बस्याल, टीका खनाल लामिछाने निर्वाचित हुनुभएको समितिले जनाएको छ ।
निर्वाचित नयाँ समितिका पदाधिकारीले आज पदभार ग्रहण गरेका छन् । सुनवल नगरपालिकाका उपमेयर दधिराम अर्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा समितिका पूर्व अध्यक्षहरु दीनानाथ कण्डेल, राजकुमार श्रेष्ठ लगायतको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस