२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

परासी सेवा समाज युएइद्धारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण

२०७८ मंसिर २०, सोमबार प्रकाशित ( साल अघि) ५९९ पाठक संख्या

रमेश भुसाल
सुनवल,२० मंशिर ।परासी सेवा समाज युएइले पश्चिम नवलपरासीको सुनवल- १० गैडाखाल स्थित गैडाखाल आधारभुत विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीहरुलाई आवश्यक शैक्षिक तथा अन्य समाग्री हस्तान्तरण गरेको छ ।
गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागी आवश्यक डे्रस , जुत्ता, कापी , कलम , स्वीटर लगाएतका समाग्रीहरु हस्तान्तरण गरेको परासी सेवा समाज युएइले जनाएको छ ।
सोहि अवसरमा नवआगान्तुक ५० जना विद्यार्थीहरुलाई विद्यालयले समेत विद्यार्थीहरुलाई आवश्यक स्कुल डे्रस र पुरस्कार वितरण गरेको विद्यालयका प्रध्यानाध्यापक जगत प्रसाद पौडेलले जानाकारी दिनुभयो ।
सामग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जित वहादुर पुन र प्रमुख आतिथ्य वडा नम्वर १० का वडाध्यक्ष शेषकान्त अधिकारीको रहेको थियो । सो अवसरमा परासी सेवा समाज युएइका अध्यक्ष भुपराज डुम्रे, परासी सेवा समाज युएइका सदस्य एवं समाज सेवी हरी तिवारी , विद्यालय व्यवस्थापन समिति सदस्य पदम वहादुर थापा, शिक्षक दुर्गा प्रसाद न्यौपाने लगाएतले जेहेन्दार विद्यार्थीहरुको लागी आवश्यक समग्री हस्तान्तरण गर्नु उत्तम कार्य भएको बताउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधिहरु, सामुदायिक वन, स्थानिय समाजसेविहरु साथै अभिवकहरुको समेत उपस्थीती रहेको विद्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस