२०८१ मंसिर ७, शुक्रबार
24 खबर अपडेट

प्रगतिशील साकोसको साधारणसभा सम्पन्न, सहकारीले जीवनस्तर परिवर्तनमा जोड दिनुपर्छ – मेयर थापा

२०७८ मंसिर ४, शनिबार प्रकाशित ( साल अघि) ५९२ पाठक संख्या

परासी, ४ मंसिर।प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनवल–९ स्वाठीको पन्ध्रौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कोराना महामारीमा साधारणसभा सञ्चालन सम्बन्धि कार्यविधि अनुसार कात्तिक २८ गतेदेखि शुरु भएको साधारणसभाको आज समापन गरिएको हो ।
सभालाई प्र्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापाले सहकारीले सदस्यको जीवनस्तर परिवर्तनमा जोड दिनुपर्ने बताउनुभयो। शेयर सदस्यको आर्थिक समृद्धिलाई जोड दिएर उद्यमशीलता विकासमा ध्यान दिन आग्रह गर्नुभयो । उत्पादशील क्षेत्रमा लगानी बढाउन आग्रह गर्दैै प्रमुख थापाले सुनवल नगरपालिकाले महिलालाई उद्यमशील बनाउन सबै वडामा महिला उद्यम केन्द्र निर्माण गरेको र सीपमूलक तालीम र रोजगारीलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
प्रगतीशील सहकारीका अध्यक्ष रामचन्द्र भण्डारीले शेयर सदस्यहरुको कृषि उत्पादन, लघु उद्यम, व्यापार, व्यवसायको माध्यमबाट जीवनस्तर माथी उठाउन महत्वपूर्ण भूमिका रहोस् भन्ने सहकारीको उद्देश्य रहेको बताउनुभयो । उत्पादशील क्षेत्रको सम्भाव्यताको खोजी गर्दै शेयर सदस्यको जीवनलाई सहज र समृद्ध बनाउने परिकल्पनाका साथ नै प्रगतिशील सहकारीको स्थापना भएको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले सबल सहकारी र समृद्ध सदस्यको परिकल्पना साकार पार्न सहकारीले तीन वर्षे रणनीतिक योजना बनाई कार्यान्वयन गर्न लागेको जानकारी दिनुभयो।
साधारणसभामा अध्यक्ष भण्डारीले वार्षिक प्रतिवेदन, सचिव चुडामणि खनालले लेखापरिक्षण तथा आगामी कार्ययोजना र अनुमानित बजेट, लेखा समिति संयोजक भवानीशंकर ज्ञवालीले लेखा प्रतिवेदन, कोषाध्यक्ष मुक्तिराम पराजुलीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । सुनवल नगरपालिाका १३ वटै वडालाई कार्यक्षेत्र बनाएको प्रगतिशील सहकारीमा हाल ८७६ जना शेयर सदस्य रहेका छन् भने वार्षिक रु ६ करोड ६१ लाख १६ हजारको कारोबार गरेको संस्थाकी उपाध्यक्ष तुल्सा कुंवर क्षेत्रीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस