२०८२ फागुन ४, सोमबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा राति नौ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाईने

२०७८ कार्तिक १७, बुधबार प्रकाशित ( साल अघि) ८८५ पाठक संख्या

परासी,१७ कात्तिक । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले राति ९ बजेपछि देउसी–भैलो खेल्न रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले आज एक विज्ञप्ती जारी गरी देउसी–भैलो एवं अन्य नाचगानका कार्यक्रम राति ९ बजेसम्म मात्र गर्न आग्रह गर्नुभएको हो ।
पटकाजस्ता विस्फोटक वस्तुको उत्पादन ओसारपसार बिक्री वितरण एवं प्रयोग नगर्न नगराउन पनि भनिएको छ। जुवातास तथा जुवाजन्य खेल नखेल्न, नखेलाउन र शान्ति सुरक्षालाई असर पार्ने कुनै पनि कार्य नगर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ।
विज्ञप्तिमा तोकिएभन्दा विपरीत कार्य गरिएको पाइए कानूनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस