२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रामग्राम जेसीजद्धारा मातृत्व प्रदान गरेका शाखासँग दरखाने तथा वर्तमान र पूर्व महिला अध्यक्षलाई सम्मान

२०७८ भाद्र २२, मंगलबार प्रकाशित ( साल अघि) ८३७ पाठक संख्या

परासी, २२ भदौ । नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारी रामग्राम जेसीज परासीले दरखाने तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आज एक समारोहबीच रामग्राम जेसीजले आफुले मातृत्व प्रदान गरेका शाखाहरुसँग तीज विशेष दरखाने कार्यक्रम गरेको हो । उक्त अवसरमा रामग्राम जेसीज र रामग्राम जेसीजले मातृत्व प्रदान गरेका शाखामा नेतृत्व गरेका वर्तमान तथा पूर्व महिला अध्यक्षहरुलाई सम्मान गरिएको रामग्राम जेसीजका अध्यक्ष चन्द्रमणि चौधरीले जानकारी दिनुभयो ।
यसरी सम्मानित हुनेमा रामग्राम जेसीजकि पूर्व अध्यक्ष एवं नेपाल जेसीजकि पूर्व राष्ट्रिय उपाध्यक्ष यमकुमारी सुवेदी, रामग्राम महिला जेसीजकि अध्यक्ष पुष्पा लामा,पूर्व अध्यक्षहरु लक्ष्मी क्षेत्री, प्रविता गुरुवाचार्य,रेखा प्रधान,प्रभा ज्ञवाली,रिंगला यादव,माया अग्रहरी,बिमला सिंह, रजनी ढकाल, सुनवल जेसीजकि पूर्व अध्यक्ष ममता पौडेल,रामनगर जेसीजकि अध्यक्ष देवी कण्डेल,पूर्व अध्यक्ष हिमा न्यौपाने रहनुभएको छ ।
माईतिले छोरी चेलिलाई घरमा बोलाएर दर खुवाउने परम्परा अनुसार रामग्राम जेसीजले पनि आफुले जन्माएका शाखासँग दरखाने कार्यक्रम गरेको अध्यक्ष चौधरीले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि रामग्राम नगरपालिकाकि उपमेयर रम्भा कुँवरले तीजको मौलिकतालाई जोगाउन आवश्यक रहेको बताउनुभयो । उहाँले तीजको नाममा हुने तडकभडक र विकृतिलाई युवाले मिलेर हटाउनु पर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा नेपाल जेसीजकि पूर्व राष्ट्रिय उपाध्यक्ष यमकुमारी सुवेदी, रामग्राम जेसीजका निर्वतमान अध्यक्ष सन्दिप अग्रहरी, रामग्राम महिला जेसीजकि अध्यक्ष पुष्पा लामा, रामनगर जेसीजकि अध्यक्ष देवी कण्डेल,रामग्राम जेसीजका पूर्व अध्यक्ष मेघराज गौतम, रामग्राम महिला जेसीजका पूर्व अध्यक्षहरु प्रविता गुरुवाचार्य,प्रभा ज्ञवाली,माया अग्रहरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
रामग्राम जेसीजका अध्यक्ष चौधरीको अध्यक्षता रहेको कार्यक्रममा महासचिव मोहन पौडेलको सञ्चालन, कार्यकारिणी उपाध्यक्ष बेनीमाधव बस्यालको आस्था पाठ र कार्यक्रम संयोजक सोनिका पौडेलको स्वागत मनतव्य रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस