२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

स्रोत नखुलेको झण्डै ३३ लाख रुपैँयासहित दुई जना पक्राउ

२०७८ श्रावण १८, सोमबार प्रकाशित ( साल अघि) ६९५ पाठक संख्या

मोहन पौडेल
परासी, १८ साउन । स्रोत नखुलेको झण्डै ३३ लाख रुपैँया नगदसहित नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) प्रहरीले आज दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको बर्दघाट नगरपालिका–१२स्थित नारायण चोक–परासी हुलाकी सडक खण्डको भटौलीमा आज दिउँसो लु १६ प ३७२९ नम्बरको मोटरसाईल शङ्का लागि जाँच गर्ने क्रममा स्रोत नखुलेको नेपाली र भारतीय गरी ३२ लाख ९० हजार रुपैँया सहित मोटरसाईकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–२ का ३५ वर्षीय योगेन्द्र यादव र भारतको महाराजगञ्ज जिल्लास्थित ठुटिवारीका २७ वर्षीय समिर खान रहेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनीहरुको साथबाट १८ लाख ५० हजार रुपैँया नेपाली र नौ लाख भारतीय रुपैँया बरामद भएकोे छ । स्रोत नखुलेको कारण आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पठाउने तयारी गरिएको प्रनाउ लामाले बताउनुभयो । पक्राउ परेका दुवै युवकले आफूहरु भारतको ठुटिबारीस्थित जयसवाल बस्त्रालयमा कार्यरत रहेको बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस