२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

भतौडी गाउँलाई क्लिन बनाउन डष्टबिन वितरण

२०७८ श्रावण १६, शनिबार प्रकाशित ( साल अघि) ११११ पाठक संख्या

परासी, १६ साउन । पश्चिम नवलपरासीको सुनवल नगरपालिका—१२ स्थित भतौडी गाउँलाई क्लिन भतौडी बनाउन डष्टविन वितरण गरिएको छ ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नवलपरासी र ईको लाईफ नेपालको संयुक्त आयोजना एवं वास पत्रकार समूह नवलपरासीको सहआयोजनामा आज भतौडीमा एक कार्यक्रम गरी डष्टविन वितरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लिमिटेड भूमहीका अध्यक्ष एवं समाजसेवी डोलराज भण्डारीले वातावरण र पर्यावरण स्वच्छ भएमात्र मानव निरोगी हुने भएकोले वातावरण स्वच्छ राख्ने अभियानमा सबैको होतमालो आवश्यक रहेकोमा जोड दिनुभयो ।
सरसफाइ मानवको सभ्यतासँग जोडिएकोले फोहोर व्यवस्थापन सबैको लागि र सधैँको लागि आवश्यक रहेको उहाँले बताउनुभयो । प्राप्त डष्टविनलाई सही सदुपयोग गरी भतौडी गाउँलाई सुन्दर र सफा राख्न उहाँले गाउँवासीलाई अनुरोध गर्नुभयो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका जिल्ल अध्यक्ष राजकुमार श्रेष्ठले भतौडी गाउँलाई सुन्दर र सफा बनाउने अभियानका लागि डष्टविन वितरण गरिएको बताउनुभयो । उहाँले डष्टविनको सही सदुपयोग गरी कुहिने र नकुहिने फोहोर छुट्टाएर व्यवस्थापन गर्न आग्रह गर्नुभयो । यो अभियानलाई अन्य स्थानमा पनि निरन्तरता दिईने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
वास पत्रकार समूह नवलपरासीका अध्यक्ष मोहन पौडेलले सरसफाइ मानवको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकोले रोगबाट टाढा हुन जथाभावि फोहोर फाल्ने कार्य बन्द गर्नुपर्ने बताउनुभयो । भतौडी गाउँमा यात्रा गर्ने बटुवा तथा यात्रीहरु र गाउँलेहरुले सडकमा यत्रतत्र फाल्ने फोहोर विसर्जनका लागि दश वटा डष्टविन वितरण गरिएको ईको लाईफ नेपालका अध्यक्ष दुर्गाप्रसाद केवटले बताउनुभयो ।
खानेपानी महासंघका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्य बलबहादुर थापा, समाजसेवी मोहन चौधरी, सुर्यप्रकाश चौधरी लगायतले पनि बोल्नुभएको थियो । कार्यक्रममा खानेपानी महासंघका जिल्ला उपाध्यक्ष तारा सुनार, सचिव देवीदत्त सापकोटा, स्थानीय जनप्रतिनिधि, सन्चारकर्मी, स्थानीयवासी लगायतको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस