२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

चोरी तस्कारी नियन्त्रण गर्न डिआईजी आचार्यको निर्देशन

२०७८ श्रावण १, शुक्रबार प्रकाशित ( साल अघि) १११९ पाठक संख्या

परासी, १ साउन । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी मुकुन्दराज आचार्यले सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न निर्देशन दिनुभएको छ । आज जिल्ला प्रहरी कार्यालय परासीको निरीक्षण गर्दै उहाँले उच्च मनोबलका साथ विभागिय नीति निर्देशन अनुरुप काम गर्न मातहतका प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभएको हो ।
उहाँले तस्करीसँग मिल्ने नभई नियन्त्रण गर्न आग्रह गर्नुभयो । डिआईजी आचार्यले कानुन अनुसार निष्पक्ष भएर सेवाप्रवाह गर्न पनि निर्देशन दिनुभयो । उहाँले जिल्ला प्रहरी कार्यालय परिसर तथा विभिन्न शाखाहरुको निरीक्षण गर्दे जिल्लाको वस्तुस्थितिबारे जानकारी पनि लिनुभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।

उक्त अवसरमा जिल्ला प्रहरी प्रमुख एसपी मनोज कुमार यादवले जिल्लाको वस्तुस्थितिबारे जानकारी गराउँदै प्रहरीले चोरी तस्करी नियन्त्रणदेखि शान्तिसुव्यवस्था कायम गर्न निष्पक्षताका साथ खटेको बताउनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%१%

प्रतिक्रिया दिनुहोस