२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

एसपी यादवको प्रतिवद्धता – नियत सफा छ, कामबाटै परिणाम देखाउँछौ, प्रहरीलाई दबाब होईन सहयोग गर्नुस्

२०७८ अषाढ २५, शुक्रबार प्रकाशित ( साल अघि) १३७४ पाठक संख्या

मोहन पौडेल
परासी, २५ असार । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)का नवआगन्तुक प्रहरी प्रमुख मनोज कुमार यादवले भय मुक्त र सुरक्षित जिल्ला निर्माणका लागि सहयोग गर्न सबै पक्षसँग आग्रह गर्नुभएको छ । प्रहरी उपरीक्षक यादवले आज जिल्ला प्रहरी कार्यालयमा पत्रकारसँगको परिचयात्मक अन्र्तक्रियामा आफ्नो कार्ययोजना र प्रतिवद्धता सार्वजनिक गर्दै शान्ति सुव्यवस्था र सुरक्षित जिल्ला निर्माणमा तल्लीन रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
आन्तरिक सुदृढीकरण गर्दै जिल्ला सुदृढीकरणमा आफ्नो जोड रहने बताउँदै उहाँले जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरीलाई प्रभावकारी परिचालन गरी सबै पक्षसँग समन्वय र सहकार्य गर्दै भय मुक्त वातावरण बनाउने उल्लेख गर्नुभयो ।
उहाँले कुनै पनि घटना भएको स्थानमा दश मिनेट भित्र प्रहरी पुग्ने गरी परिचालन गर्ने, मानवअधिकार संरक्षण, सम्बद्र्धन गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरुद्ध हुने हिङ्साका घटनामा शुन्य सहनशिलताको नीति अवलम्बन गर्दै अपराध कानूनी दायरामा ल्याउने बताउनुभयो ।
जिल्लालाई सबल, सक्षम बनाउने क्रममा विभिन्न निकायबाट हुने विकासको काममा बाधक हुनेलाई छुट नदिईने उहाँको प्रतिवद्धता छ । जिल्लामा हुने अपराधको निष्पक्ष, न्यायिक एवं वैज्ञानिक अनुसन्धान गर्ने बताउँदै उहाँले जघन्य अपराधका घटनामा भनसुन वा दबाब दिने कार्य नगर्न सम्बन्धित पक्षलाई अनुरोध गर्नुभयो ।
खुला सीमानाका कारण हुने अवैध तस्करी र लागूऔषध कारोबारविरुद्ध शसक्त कारवाहीमा उत्रने प्रउ यादवको भनाई छ । उहाँले घरेलु तथा अवैध मदिरा उत्पादन तथा विक्री वितरणमा निषेध गर्नुका साथै वैद्य मदिराको विक्रीलाई पनि व्यवस्थित गर्ने बताउनुभयो ।
प्रहरी उपरीक्षक यादवले भारतीय नम्बर प्लेटका सवारी साधनलाई कानूनी दायरामा ल्याएर व्यवस्थित गर्ने बताउनुभएको छ । सुविधा विनै र ट्राफिक नियम उल्लङ्घन गरी चलाईने भारतीय सवारी साधनलाई साउनदेखि नियमन गरिने बताउनुभयो । उहाँले कोरोना नियन्त्रण, विपद् व्यवस्थापनमा स्थानीय प्रशासन र स्थानीय सरकारसँग सहकार्य गरी काम गर्ने बताउनुभयो । उक्त अवसरमा पत्रकार महासंघका अध्यक्ष हरि शर्मा तथा अन्य पत्रकारहरुले एसपी यादवले स्वागत तथा शुभकामना व्यक्त गर्नुभएको प्रहरी नायब निरीक्षक मदन बस्यालले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%४%२%३%

प्रतिक्रिया दिनुहोस