२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

गुगल नक्सा सच्याउन र सीमा क्षेत्रमा बैंकले लगानी गर्ने वातावरण मिलाउन सुस्ता बौद्धिक समाजको माग

२०७८ अषाढ २१, सोमबार प्रकाशित ( साल अघि) ७४५ पाठक संख्या

मोहन पौडेल
परासी, २१ असार । सुस्ता बौद्धिक समाज नेपाल सुस्ता ३ पश्चिम नवलपरासीको अगुवाईमा विभिन्न माग राखेर आज प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्रालयलाई ज्ञापनपत्र पठाईएको छ । समाजले गुगल नक्सा सच्याउनका लागि कुटनीतिक पहल गरिदिन र सीमा क्षेत्रमा बैंकहरुले लगानी नगर्ने समस्यालाई समाधान गरिदन माग गरेको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रमार्फत अर्थमन्त्रालयलाई पठाईएको उक्त ज्ञापनपत्रमा सुस्ता गाउँपालिकाको वडा न..३ को केही भाग र वडा न.४ को भाग गुगल नक्सामा भारततर्फ देखाउने गरेकोले कुटनीतिक पहलको माध्यमबाट उक्त क्षेत्रहरुलाई गुगलको नक्सामा नेपालमा देखाउने गरी समाधान गर्न आग्रह गरिएको समाजका अध्यक्ष हरिलाल दुसाधले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
यसैगरी भारतीय सीमानासँग जोडिएको क्षेत्रमा ३ किलोमिटर भित्रका बासिन्दालाई बैकहरुले लगानी नगर्ने गरेकोले यस क्षेत्रका लाखौँ किसान तथा उद्योगी व्यवसायी समस्यामा पर्नुका साथै बेरोजगारी बढी विदेश पलायन हुनुपर्ने बाध्यता रहेकोले वित्तीय ऐन शंसोधन गरी लगानी गर्नुपर्ने नियम बनाईदिन पनि माग गरिएकोे उहाँले बताउनुभयो ।
ज्ञापनपत्र बुझाउन सुस्ता बौद्धिक समाजका पदाधिकारी तथा सो क्षेत्रका कृषक, समाजसेवीहरुको पनि सहभागिता रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस