२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पानीको गुणस्तर परीक्षणका लागि पश्चिम नवलपरासीका चार उद्योगको नमूना सङ्कलन

२०७९ अषाढ ३१, शुक्रबार प्रकाशित ( साल अघि) ७२८ पाठक संख्या

मोहन पौडेल
परासी, ३१ असार । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)का चारवटा पानी उद्योगको गुणस्तर परीक्षणको लागि नमूना सङ्कलन गरिएको छ ।
बजारमा बिक्रीवितरण भईरहेको जार तथा बोत्तलको पानीको गुणस्तर नभएको भन्दै उपभोक्ताले गुनासो गरेपछि संयुक्त जिल्ला बजार अनुगमन समितिको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले पानीको गुणस्तर परीक्षणको लागि नमूना सङ्कलन गरेको हो ।
नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन समितिले जिल्लामा सञ्चालित पानी उद्योगको अनुगमन गरी नमूना परीक्षणको लागि पठाएको घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख गङ्गाधर पाण्डेले जानकारी दिनुभयो ।

293724721_585291579774741_3839102201808770606_n

सरावल गाउँपालिका–२ स्थित शिवगङ्गा वाटर ईण्डष्ट्रिज,सरावल–१ स्थित आरोग्य हर्बल उद्योग,प्रतापपुर गाउँपालिकास्थित नवदुर्गा वाटर कुलिङ् उद्योग र बर्दघाट नगरपालिका–७ स्थित नेहा एक्वा उद्योगबाट उत्पादीत जार तथा बोत्तलको पानी परीक्षणको लागि नमूना सङ्कलन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख बिमल कुमार दाहालले जानकारी दिनुभयो ।

293276787_407402088023540_3192223897796097127_n

अनुगमन गर्दा केही पानी उद्योगले खाद्य अनुज्ञापत्र समेत नलिएको पाएकोले तत्काल अनुज्ञा पत्र लिएर मात्र पानी उत्पादन गर्न निर्देशन गरिएको उहाँले बताउनुभयो । परीक्षण गर्दा गुणस्तरमा कमी देखिए कारवाही प्रक्रिया अघि बढाउने कार्यालयले जनाएको छ । उद्योगहरुले बजारमा पठाउन तयारी अवस्थामा राखेका जारहरु पूराना, कुच्चिएका र लेवल नभएको अवस्थामा अनुगमन समितिले फेला पारेको छ ।
नवदुर्गा पानी उद्योग प्रतापपुरले बजारमा पठाउन तयार पारेको ३५ वटा जारहरुमा लेउ लागेको, धेरै पूरानो तथा कुच्चिएको अवस्थामा फेला परेपछि तत्काल जफत जरी नष्ट गरिएको सहायक प्रजिअ अर्यालले जानकारी दिनुभयो । उक्त उद्योगले खाद्य अनुज्ञापत्र समेत नलिएको पाईएको छ ।

293240864_1014874686060268_6469792910314317574_n

पाल्हीनन्दन गाउँपालिका–३ मा सञ्चालित शितल जल पानी उद्योग बेलाशपुर र त्रिवेणी एक्वा उद्योग कुश्मालाई पनि खाद्य अनुज्ञापत्र र दर्ता प्रमाणपत्रसहित तीन दिन भित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन गरिएको छ । जिल्लामा ११ वटा पानी उद्योग सञ्चालनमा रहेका छन् तर अधिकांश मापदण्ड विपरीत सञ्चालनमा रहेको अनुगमन समितिले जनाएको छ । अधिकांश उद्योगहरुले साईनबोर्ड नराख्ने, जारको पानीमा लेवल उल्लेख नगर्ने,अनुज्ञापत्र विनै उत्पादन र विक्री वितरण गर्ने गरेको पाईएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%

प्रतिक्रिया दिनुहोस