२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

लागूऔषधको कारोबार नियन्त्रणका लागि सचेतनासँगै दुई देशबीच समन्वय र सहकार्य आवश्यक

२०७९ अषाढ १२, आईतबार प्रकाशित ( साल अघि) ४६३ पाठक संख्या

मोहन पौडेल
परासी, १२ असार । लागूऔषधको बढ्दो ओसारपसार तथा दुव्र्यसनी नियन्त्रणका लागि नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीको समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिईएको छ । अन्र्तराष्ट्रिय लागूऔषध तथा अबैद्य तस्करी विरुद्धको दिवसको अवसरमा आज पश्चिम नवलपरासीको महेशपुर सीमामा आयोजित सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले उक्त कुरामा जोड दिएका हुन् ।
नेपालमा प्रतिवन्धित लागूऔषध भारतीय बजारमा खुल्ला रुपमै विक्री वितरण हुने गरेकोले यसको ओसारपसार र दुव्र्यसनी बढ्दो अवस्थामा रहेको सहभागिको जोड थियो । भारतीय बजारमा किराना र मेडिकल पसलमा खुल्ला रुपले ड्रग्स विक्री वितरण हुने भएकोले यसको नियन्त्रणमा भारतीय प्रहरीले सक्रियता दिनुपर्ने र नेपालतर्फ पनि सीमा क्षेत्रमा चेकजाँच कार्य कडाई गर्नुपर्नेमा उनीहरुको जोड थियो ।
लागूपदार्थको दुव्र्यसनी न्यूनीकरणका लागि वडा स्तरबाटै सचेतना अभियान सञ्चालन गर्नुपर्ने सहभागिहरुले बताएका थिए । दुवै देशका सुरक्षाकर्मी र स्थानीयवासीबीच समन्वय र सूचना आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले प्राप्त सुझाव अनुसार नै लागूऔषध नियन्त्रणमा लाग्न सम्बद्ध निकायलाई निर्देशन दिनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयले वार्षिक कार्ययोजना बनाएर लागूऔषध दुव्र्यसनी नियन्त्रणको अभियान चलाउने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रेमबहादुर शाहीले नेपालमा लागूऔषध ओसारपसार र दुव्र्यसनी भयावह बन्दै गएको भन्दै घरबाटै यसको नियन्त्रणमा ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल र भारत दुवै देशबाट नेटवर्क बनाएरै यसको कारोबार भईरहेको बताउँदै उहाँले दुवै देशका सुरक्षाकर्मी, स्थानीयवासी सबै मिलेर यसको नियन्त्रणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले यस किसिमका सूचना उपलब्ध गराएर सहयोग गर्न स्थानीयवासीलाई आग्रह पनि गर्नुभयो ।
भारत उत्तर प्रदेश प्रहरीका सव ईन्स्पेक्टर राजेश सिंहले भारतमा पनि ड्रग्सको कारोबार नियन्त्रणका लागि सत प्रतिशत प्रयास गरिरहेको बताउनुभयो । उहाँले पछिल्लो पटक भारी मात्रामा ड्रग्स पक्राउ गरी कारवाही गरिएको बताउनुभयो । भारतीय पत्रकार मनोज सिंहले दुवै देशका सुरक्षाकर्मी र पत्रकारबीच समन्वय, सहकार्य र सूचना आदानप्रदानलाई बलियो बनाउन सके धेरै हदसम्म नियन्त्रण हुने बताउनुभयो । नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्माले मिडियाले लेखनबाट मात्र नभई दुवै देशका सुरक्षाकर्मी र पत्रकारबीच समन्वय र सूचना उपलब्ध गराएर नियन्त्रणमा सहयोग गरिरहेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस