२०८२ फागुन ११, सोमबार
24 खबर अपडेट

नवलपरासी क्षेत्र नं.२ मा तरुणहरूको निर्वाचन लक्षित वृहत भेला

२०८२ फागुन ११, सोमबार प्रकाशित ( घण्टा अघि) १५ पाठक संख्या

परासी, ११ फागुन । नेपाल तरुण दल क्षेत्र नं.२, नवलपरासीको आयोजनामा निर्वाचित लक्षित वृहत तरुण भेला सम्पन्न भएको छ। कार्यक्रममा यस क्षेत्रका ४० वटै वडाबाट उल्लेखनीय संख्यामा युवाहरूको सहभागिता थियो ।
भेलाको अध्यक्षता नेपाल तरुण दल क्षेत्र नं.२ का अध्यक्ष रमेश पराजुलीले गर्नुभएको थियो। उहाँले सम्पूर्ण तरुणहरुलाई पार्टीका उम्मेदवारलाई विजयी गराउन दिनरात नभनी आ–आफ्नो वडामा सक्रिय रूपमा खटिन निर्देशन दिनुभयो। “अबको जिम्मेवारी युवाको काँधमा छ, संगठनलाई बलियो बनाउँदै जित सुनिश्चित गर्न सबै जुट्नुपर्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य राधेश्याम पाठकले युवाशक्तिलाई परिवर्तनको मुख्य आधार भएको बताउँदै संगठनात्मक एकता र सक्रियताको आवश्यकता औंल्याउनुभयो।
क्षेत्र नं.२ का उम्मेदवार भरत थापाले युवाकेन्द्रित एजेण्डा अघि सार्दै रोजगारी सिर्जना आफ्नो पहिलो प्राथमिकता हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। “युवाहरुलाई उच्चस्तरीय तालिमको व्यवस्था गरी दक्ष र उद्यमशील बनाइनेछ,” उहाँले भन्नुभयो, “म विकासप्रेमी उम्मेदवार हुँ, सांसद निर्वाचित भएमा यस क्षेत्रको विकासमा उल्लेखनीय फड्को मार्नेछु।”
उक्त अवसरमा समानुपातिक उम्मेदवार सुनिता सुवेदी श्रेष्ठ, पार्टीका कार्यबाहक सभापति विक्रम यादव, क्षेत्रीय अध्यक्ष माधव पाण्डे,प्रदेशसभा सदस्य बैजनाथ जयसवाल,तरुण दलका केन्द्रिय सदस्य करिम खान, जिल्ला अध्यक्ष सुकबहादुर गुरुङ,क्षेत्रीय उपाध्यक्ष जितेन्द्र अग्रहरी, रामग्राम नगर संयोजक सन्दिप अग्रहरी,सरावल संयोजक पवन चौधरी, सुनवल संयोजक लालु सेन ठकुरी,पाल्हीनन्दन संयोजक धर्मेन्द्र मौर्य लगायतको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस