२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

नवलपरासीमा अबरुद्ध पूर्वपश्चिम राजमार्ग सुचारु, हेभीवेट सवारी निषेध

२०७८ अषाढ १६, बुधबार प्रकाशित ( साल अघि) ७२० पाठक संख्या

मोहन पौडेल
परासी, १६ असार । अविरल वर्षापछि आएको बाढीले सडक भत्काउँदा अबरुद्ध बनेको पूर्व पश्चिम राजमार्ग सुचारु भएको छ । बाढीका कारण नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका—५ वनकट्टी र सुनवल—१३ बडेरामा बनाईएका डाईभर्सन भत्कीदाँ आज बिहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।
डाईभर्सन मर्मत गरी अहिले साँझदेखि साना सवारी साधानलाई मात्र आवतआवात गर्न दिईएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । लोडेड ट्रक, टिपर लगायतका हेभवेट गाडी बाहेक मोटरसाईकल, कार , माईक्रो लगायतका साना गाडीहरु मात्र आवतजावत गर्न दिईएको उहाँले बताउनुभयो ।
थप पानी नपरेमा डाईभर्सनको अवस्था हेरेर भोलीदेखि मात्रै हेभी वेटका सवारी सञ्चालन गर्न दिईने प्रहरीले जनाएको छ । बुटवल—नारायणगढ सडक विस्तारको क्रममा बनाईएका डाईभर्सन बगाएको हो । सुनवलकै ज्यामिेरको डाईभर्सन पनि सामान्य मर्मत पछि बिहान देखि नै सञ्चालन गरिएको थियो ।
पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएपछि पश्चिमबाट आएका सवारीलाई सुनवल चोकदेखि परासी हुँदै भूमहीतर्फ र पूर्वबाट आएका सवारीलाई भूमही चोकदेखि परासी हुँदै सुनवलतर्फबाट आवतजावत गरिरहेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस