२०८२ फागुन ९, शनिबार
24 खबर अपडेट

जातीय विभेद, भ्रष्टाचार, जातिवाद र नातावाद अन्त्य मुख्य एजेन्डा : उम्मेदवार हरिजन

२०८२ फागुन ९, शनिबार प्रकाशित ( घण्टा अघि) ६५ पाठक संख्या

मोहन पौडेल
परासी, ९ फागुन। नवलपरासी क्षेत्र नं. २ मा चुनावी माहोल तातेका बेला संयुक्त नागरिक पार्टीका उम्मेदवार संजय कुमार हरिजनले आफूलाई उपेक्षित र विभेदमा परेका समुदायको आवाजका रूपमा प्रस्तुत गर्नुभएको छ।
परासी प्रेस क्लवमा आयोजित साक्षात्का कार्यक्रममा उम्मेदवार हरिजनले गरिब, विपन्न तथा बहिष्कृत परिवारबाट आएको भन्दै समाजमा विद्यमान जातीय र धार्मिक विभेद अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँका अनुसार धेरै संघर्ष र आन्दोलन भए पनि पछाडि पारिएका वर्गहरूले अझै न्याय पाउन सकेका छैनन्। “न्यायका लागि म यो वर्गको नेतृत्व गर्दै चुनावी मैदानमा आएको हुँ,” उहाँले बताउनुभयो।
आर्थिक कठिनाइ हुँदाहुँदै पनि उपेक्षित समुदायको हकअधिकारका लागि आफू चुनावमा होमिएको उहाँको भनाइ छ। विपन्न र उपेक्षित वर्गकै माग र समर्थनका आधारमा उम्मेदवार बनेको दाबी गर्दै उहाँले जातीय विभेद, भ्रष्टाचार, जातिवाद र नातावाद अन्त्य आफ्नो मुख्य एजेन्डा भएको स्पष्ट पार्नुभयो।
हरिजनले आफू सत्ता र पदका लागि होइन, सेवाभावले राजनीति गरेको जिकिर गर्नुभयो। २१औँ शताब्दीमा पनि मानवता र सम्मानको अभाव रहेको उल्लेख गर्दै शोषण र दमन अन्त्यका लागि सशक्त आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो।
पुराना दल र नेताहरूले दिएका आश्वासन व्यवहारमा कार्यान्वयन नभएको आरोप लगाउँदै उहाँले नयाँ पार्टी र नयाँ अनुहारप्रतिको जनचाहना बढेको दाबी गर्नुभयो। आफू इमान्दार र समर्पित उम्मेदवार भएको उल्लेख गर्दै सबै समुदायको साथ प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस