२०८२ फागुन ६, बुधबार
24 खबर अपडेट

महेशपुर भन्सार पूर्ण सञ्चालन भए हजारौँलाई रोजगारी :नरेन्द्र गुप्ता

२०८२ फागुन ६, बुधबार प्रकाशित ( घण्टा अघि) ९० पाठक संख्या

परासी, ६ फागुन । पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार नरेन्द्र कुमार गुप्ताले महेशपुर भन्सार पूर्ण रूपमा सञ्चालनमा आए जिल्लामै हजारौँ रोजगारी सिर्जना हुने दाबी गर्नुभएको छ ।
सुनवलमा बुधबार चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै गुप्ताले हाल भन्सार अधुरो अवस्थामा सीमित सेवा दिइरहेको उल्लेख गर्दै यसको स्तरोन्नति र पूर्ण सञ्चालन आवश्यक रहेको बताउनुभयो।
“महेशपुर भन्सारलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकियो भने व्यापार विस्तार हुन्छ, ढुवानी व्यवसाय चलायमान हुन्छ, भन्सार एजेन्ट, गोदाम व्यवस्थापन, सुरक्षा सेवा, होटल तथा खुद्रा पसलसम्म रोजगारीका नयाँ ढोका खुल्छन्,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार भन्सार सक्रिय हुँदा नवलपरासीको समग्र आर्थिक गतिविधि तीव्र हुनेछ। यसले स्थानीय उत्पादनको बजार विस्तार, राजस्व वृद्धिसँगै युवालाई आफ्नै ठाउँमा रोजगारीको अवसर प्रदान गर्ने वातावरण बनाउने उहाँको दाबी छ।
गुप्ताले स्थानीय विकास, पूर्वाधार सुदृढीकरण, रोजगारी सृजना र क्षेत्रीय व्यापार प्रवर्द्धनलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएको बताउँदै महेशपुर भन्सारलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस