

परासी,५ फागुन । प्रगतिशील लोकतान्त्रिक पार्टीले नवलपरासी क्षेत्र नम्बर १ का आफ्ना उम्मेदवार विनोद रेग्मीलाई पार्टीको नीति, विधि र पद्धतिविपरीत गतिविधि गरेको आरोपमा कारबाही गर्दै सबै जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ।
पार्टीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा रेग्मीले व्यक्तिगत रूपमा अर्को राजनीतिक दलका उम्मेदवारलाई समर्थन गरेकोप्रति पार्टीले गम्भीर आपत्ति जनाउँदै कारबाहीको निर्णय लिनुपरेको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार उक्त कार्य पार्टी अनुशासनविपरीत भएकाले उनलाई पार्टीको जिम्मेवारीबाट हटाइएको पार्टीका जिल्ला इन्चार्ज गोपी ज्ञवालीले बताउनु भयो ।
प्रगतिशील लोकतान्त्रिक पार्टीले नवलपरासी -१ मा कुनै पनि अन्य दलका उम्मेदवारलाई समर्थन नगरेको समेत स्पष्ट पारेको छ।
