२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

नवलपरासीमा बाढीले डाईभर्सन भत्काएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०७८ अषाढ १६, बुधबार प्रकाशित ( साल अघि) १९२६ पाठक संख्या

मोहन पौडेल
परासी, १६ असार । अविरल वर्षाका कारण आएको बाढीले सडक भत्काउँदा पूर्व पश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । बाढीका कारण नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका—५ वनकट्टी र सुनवल—१३ बडेरामा बनाईएका डाईभर्सन भत्कीदाँ राजमार्ग अवरुद्ध बनेको हो ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण सडक भत्कीएपछि आज बिहान पाँचदेखि नै पूर्वपश्चिम राजमार्ग अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । उक्त स्थानमा पैदलयात्री पनि डिँड्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।अहिले सडक मर्मतको कार्य भईरहेको छ ।
बुटवल—नारायणगढ सडक विस्तारको क्रममा बनाईएका डाईभर्सन बगाएको हो । अन्य स्थानका डाईभर्सनमा पनि पानी जमेको छ । अहिले सुनवल र भूमहीबीचको राजमार्ग क्षेत्र अवरुद्ध रहेकोले वैकल्पिक बाटोको रुपमा पश्चिमबाट आएका सवारीलाई सुनवल चोकदेखि परासी हुँदै भूमहीतर्फ र पूर्वबाट आएका सवारीलाई भूमही चोकदेखि परासी हुँदै सुनवलतर्फबाट पठाईएको डीएसपी लामाले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%४%२%

प्रतिक्रिया दिनुहोस