२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पृथ्वीचन्द्र अस्पतालको मुख्य भवन निर्माण कार्य शुरु

२०७८ अषाढ १५, मंगलबार प्रकाशित ( साल अघि) ८८० पाठक संख्या

परासी, १५ असार । पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पताल परासीको सुविधासम्पन्न मुख्य भवन निर्माण हुने भएको छ । नयाँ भवनको निर्माण कार्य आजदेखि शुरु भएको अस्पतालले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारको रु १४ करोड लागतमा निर्माण हुने उक्त भवन तीन वर्षमा सम्पन्न हुने अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
अस्पतालको पूरानो भवन पछाडि पूर्वतर्फ भवन निर्माण कार्य शुरु गरिएको हो । श्याम सुन्दर एनभी जेभी कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ । नयाँ बन्ने भवनमा अस्पतालको आकस्मिक, बहिरंग सेवा, प्याथोलोजी, प्रसुति, अपरेशन थिएटर लगायतका सेवा सञ्चालन गर्ने लक्ष्य लिईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस