२०८२ माघ १२, आईतबार
24 खबर अपडेट

उपभोक्ता सचेतना अभिवृद्धिका लागि परासीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ माघ १२, आईतबार प्रकाशित ( घण्टा अघि) ५८ पाठक संख्या

परासी,११ माघ । पश्चिम नवलपरासीको परासीमा उपभोक्ता अधिकार, बजार अनुगमन तथा उपभोक्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाको आयोजनामा सम्पन्न कार्यक्रममा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु खरिद गर्दा ध्यान दिनुपर्ने विषय, म्याद गुज्रेका सामानको पहिचान, मूल्यसूची अनिवार्य राख्नुपर्ने व्यवस्था, गुणस्तरहीन तथा अवैध रूपमा बिक्री–वितरण हुने वस्तुबाट बच्ने उपायबारे जानकारी दिइएको थियो।
कार्यक्रममा सहभागीहरूलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख अनुप हलुवाई र वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय भैरहवाकि शाखा अधिकृत लक्ष्मी शर्माले प्रस्तुतिकरणमार्फत बजारमा देखिने उपभोक्ता ठगीका विभिन्न उदाहरण, अनुगमनका क्रममा फेला परेका समस्या तथा कानुनी प्रावधानबारे स्पष्ट पारिएको थियो। उपभोक्ता अधिकार ऐन अनुसार उपभोक्ताले पाउने अधिकार र गुनासो दर्ता गर्ने प्रक्रियाबारे जानकारी गराउनु भएको थियोे ।
अन्तरक्रियामा स्थानीय व्यवसायी, उपभोक्ता, सरोकारवाला निकाय तथा सर्वसाधारणको सहभागिता रहेको थियो। सहभागीहरूले बजार व्यवस्थापन अझ प्रभावकारी बनाउन नियमित अनुगमन र निरन्तर सचेतना कार्यक्रम आवश्यक रहेको सुझाव दिएको उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष भोजराज बराकोटीले बताउनुभयो ।
कार्यक्रमले उपभोक्तामा सचेतना बढाउनुका साथै जिम्मेवार व्यापारिक अभ्यास प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय भैरहवाकि प्रमुख धर्मा अर्याल बेल्वासेले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस