२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राम जेसीजद्धारा मैत्रीपूर्ण हिले फुटसल प्रतियोगिता आयोजना, पूर्व जेसीज समूह विजयी

२०७८ अषाढ १५, मंगलबार प्रकाशित ( साल अघि) ८९३ पाठक संख्या

परासी, १५ असार । रामग्राम जेसीज परासीको आयोजनामा आज मैत्रीपूर्ण हिले फुटसल प्रतियोगिता सम्पन्न १भएको छ । परासीको लिटिल एन्जेल्स स्कुलको प्रांगणमा भएको उक्त प्रतिायोगितामा रामग्राम जेसीजको वर्तमान समिति र पूर्व जेसीज टिमबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा पूर्व जेसीज टिमले दुईका विरुद्ध तीन गोल गर्दै वर्तमान जेसीज टिमलाई पराजित गर्यो । असार १५ गते हिलो छुनुपर्छ भन्ने मान्यता बमोजिम नौलो अभ्यासको रुपमा हिले फुटसल प्रतियोगिता गरिएको रामग्राम जेसीज वर्ष २०२१ का अध्यक्ष चन्द्रमणि चौधरीले जानकारी दिनुभयो ।
अध्यक्ष चौधरीको अध्यक्षता तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा रामग्राम जेसीजका पूर्व अध्यक्ष द्धय सुमन गोपाल आचार्य, मेघराज गौतम, राष्ट्रिय नाई संघका जिल्ला अध्यक्ष विरेन्द्र ठाकुर लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस