२०८२ पौष २४, बिहिबार
24 खबर अपडेट

मस्जिदमाथि आक्रमण तथा कुरान जलाइएको घटनाप्रति मुस्लिम इत्तेहाद संगठन लुम्बिनीको आपत्ति

२०८२ पौष २३, बुधबार प्रकाशित ( दिन अघि) ८३ पाठक संख्या

परासी, २३ पुस । धुनषा जिल्लाको कमलामाई नगरपालिका–६ मा मुस्लिम समुदायको मस्जिदमाथि आक्रमण गरी इस्लाम धर्मको ग्रन्थ कुरान जलाइएको घटनाप्रति नेपाल मुस्लिम इत्तेहाद संगठन लुम्बिनी प्रदेश कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
लुम्बिनी प्रदेश समितिको तर्फबाट संगठनका प्रदेश इन्चार्ज काशिद अलिद्धारा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालमार्फत प्रधानमन्त्रीलाई पठाइएको ध्यााकर्षणपत्रमार्फत संगठनले उक्त घटनाको तीव्र भत्र्सना गर्दै घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी निष्पक्ष र पारदर्शी छानबिनमार्फत कडा कारबाही गर्न माग गरेको हो ।
संगठनले उक्त घटनाले समाजमा विद्यमान सामाजिक सद्भाव र एकतालाई खलल पु¥याउने प्रयास भएको उल्लेख गर्दै यस्ता घृणित कार्यले धार्मिक सहिष्णुता कमजोर पार्ने खतरा बढाएको जनाएको छ। ज्ञापनपत्रमा धार्मिक स्थलमाथि आक्रमण गर्नु अत्यन्त निन्दनीय र आपराधिक कार्य भएको उल्लेख गरिएको छ।
नेपाल मुस्लिम इत्तेहाद संगठनले नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै धार्मिक स्थलहरूको सुरक्षा व्यवस्था कडा बनाउन र यस्ता घटनाको पुनरावृत्ति हुन नदिन प्रभावकारी कदम चाल्न माग गरेको छ।
संगठनले मुस्लिम, हिन्दु, ख्रिश्चियन, बौद्धलगायत सबै समुदायबीच आपसी सद्भाव, सहअस्तित्व र शान्ति कायम राख्न सबै पक्षलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेको छ। संगठनले धार्मिक भावनामाथि प्रहार गर्ने यस्ता अतिवादी गतिविधि समयमै नियन्त्रण नगरिए सामाजिक शान्ति र सहिष्णुतामा गम्भीर असर पर्ने चेतावनी दिँदै दोषीमाथि प्रचलित कानुनअनुसार कडा भन्दा कडा कारबाहीको माग दोहो¥याएको छ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस