२०८२ पौष २१, सोमबार
24 खबर अपडेट

नवलपरासी क्षेत्र नं. २ मा एमालेबाट चार जना उम्मेदवार सिफारिस

२०८२ पौष २०, आईतबार प्रकाशित ( दिन अघि) ३१९ पाठक संख्या

परासी, २० पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले पश्चिम नवलपरासी क्षेत्र नं.२ का लागि प्रत्यक्षतर्फका चार जना आकांक्षी उम्मेदवार सिफारिस गरेको छ ।
एमाले क्षेत्र नं. २ क्षेत्रीय समन्वय कमिटीको आइतबार परासीमा सम्पन्न बैठकले बैजनाथ चौधरी, भगौती यादव(रुदल), श्याम बस्याल र सरिता पौडेलको नाम सिफारिस गरेको क्षेत्रीय समन्वय कमिटीका संयोजक एवं जिल्ला सचिवालय सदस्य लेखनाथ खरेलले जानकारी दिनुभयो ।
सिफारिस हुने चौधरी एमालेका पूर्व पोलिटव्युरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमन्त्री हुनुहुन्छ । उहाँ संविधानसभा निर्वाचन २०७० मा निर्वाचित हुनुभएको थियो। यादव जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख हुनुहुन्छ भने बस्याल पार्टीका पूर्व केन्द्रिय विभाग सदस्य एवं मदन भण्डारी फाउण्डेसनका जिल्ला अध्यक्ष हुनुहुन्छ । पौडेल एमालेको जिल्ला सचिवालय सदस्य एवं अनेमसंघकी केन्द्रिय सदस्य हुनुहुन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस