२०८२ पौष १३, आईतबार
24 खबर अपडेट

गर्भपतन मुद्दाका फरार कसुरदार ३४ वर्षपछि पक्राउ

२०८२ पौष १३, आईतबार प्रकाशित ( घण्टा अघि) ८८ पाठक संख्या

परासी,१३ पुस । गर्भपतन मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले ३४ वर्षपछि पक्राउ गरेको छ।
नवलपरासी जिल्ला अदालतबाट वि.स. २०४८ सालमा भएको फैसलाअनुसार गर्भपतन मुद्दामा २ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका सुनवल नगरपालिका–६ का कुल प्रसाद ढकाललाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा आइतबार ढकाललाई निजकै घरबाट फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुशील घिमिरेले जानकारी दिनुभयो ।
पक्राउ परेका ढकाललाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशअनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालयले लामो समयदेखि फरार रहेका अपराधीलाई कानुनी दायरामा ल्याउने कार्यलाई निरन्तरता दिने जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस