

परासी, ४ पुस । पूर्वमन्त्री एवं जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले विघटित संसद पुनःस्थापना भए मुलुक मुठभेटमा जाने दाबी गर्नुभएको छ । मुुलुकलाई निकास दिन चुनावको विकल्प नभएको उहाँको भनाइ थियो ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा शुक्रबार मधेसको मानवशास्त नामक पुस्तक विमोचन गर्दै नेता त्रिपाठीले भन्नुभयो, “तीन ठूला दलका नेताको कब्जामा रहेको र मताधेस गुमाइसकेको विघटित प्रतिनिधिसभा पुनःस्थापना भएमा देश नयाँ मुठभेटमा जान्छ,त्यसले तानाशाही जन्माउँछ,पुनःस्थापनाको नाममा संविधान ध्वस्त हुन्छ ।”
संविधानका लागि मधेसले धेरै त्याग र बलिदान गरेको बताउँदै नेता त्रिपाठीले मुलुकलाई निकास पनि मधेसले नै दिने जिकिर गर्नुभयो । नेपालका हरेक परिवर्तनमा मधेसकै भूमिका महत्वपूर्ण हुने तर सफलतापछि हिस्सा प्राप्त नहुने अवस्था रहेको बताउँदै उहाँले नयाँ मतादेशसहितको चुनावको विकल्प नभएको बताउनुभयो ।